ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगपति चौधरीको नौ भाषामा काव्यकृति ‘वसन्त’


admin
२१ चैत्र २०७४, बुधबार   ७ : २३   बजे

काठमाडौं, २० चैत । कवि वसन्त चौधरीको नौ भाषामा लेखिएको चौथो काव्यकृति ‘वसन्त’ को आज लोर्कापण गरिएको छ ।

कवि तथा उद्योगपति चौधरीको ६० औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँद्वारा रचित काव्य नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, जनकवि दुर्गालाल श्रेष्ठ, साहित्यकार भुवन ढुंगाना, प्राज्ञ प्रा उषा ठाकुर, पण्डित मानवेन्द्र शर्मा, भाषाशास्त्री डा रामावतार यादव, आख्यानपुरुष धु्रवचन्द्र गौतम, भाषाविद् अमृत योञ्जन र संगीतकर्मी नुपूर भट्टाचार्यले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । कृति अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडी भाषा गरी आठ भाषामा अनुवाद गरिएको छ ।

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको सहकार्यमा प्रकाशित कृति लोर्कापण कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य इतिहासमा एक कृतिलाई धेरै भाषामा अनुवाद गरी प्रकाशन गरिएको ‘वसन्त’ पहिलो कृति भएको जिकिर गर्दै उहाँका कृतिले पाठकलाई आत्मविश्वास र साहस दिएको बताउनुभयो ।

जनकवि श्रेष्ठले चौधरीमा पनि बहुभाषिक दख्खल रहेको अनुभव सुनाउनुभयो ।
आख्यानपुरुष गोतामे, साहित्यकार ढुंगाना, प्रा ठाकुरलगायतले साहित्यकार चौधरीका कृतिमा जीवन भोगाइ र प्रेम तथा भावनाको सरल प्रस्तुति पाइने बताउनुभयो । कृति संग्रहको समीक्षा गर्दै प्रा अभि सुवेदीले सो कृतिले नेपाली साहित्यलाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कवि चौधरीले व्यवसाय, साहित्यिक सिर्जना र सेवामा निरन्तर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । कृति नेपालभाषामा सुरेशकिरण मानन्धर, अंग्रेजीमा डिबी गुरुङ, हिन्दीमा गोपाल अश्क, मारवाडीमा लक्ष्मण नेवटिया, मैथिलीमा धीरेन्द्र प्रेमर्षि भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान बल र बंगालीमा राजेन्द्र गुरागाईँले अनुवाद गर्नुभएको हो । नेपाली कवितासंग्रहको सम्पादन डा देवी नेपाल गर्नुभएको छ । उहाँका यसअघि ‘मेघा’ (हिन्दी र नेपाली), ‘मेरा कविताहरू’(नेपाली) र ‘आँशुओँ की स्याहीसे’(हिन्दी) गरी तीन कवितासंग्रह प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group