ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियाली संसद शनिबार विघटन हुने


admin
२३ चैत्र २०७४, शुक्रबार   २ : ५८   बजे

क्वालालम्पुर, २३ चैत । मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधिसभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ ।

उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।

उहाँले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गर्नुभएको छ ।

मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्काे कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बनाउनुभएको बताएका छन् ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद बिघटन गर्ने जानकारी दिनुभएको हो ।

उहाँले आफूले शनिबार संसद बिघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको जानकारी सो सम्बोधनका क्रममा दिनुभएको छ ।

निर्वाचनको मिति भने तोकिएको छैन । तर संसद बिघटन भएपछि मलेसियाको निर्वाचन अयोगले तोक्ने व्यवस्था छ ।

आजै मिति नतोकिएको भए पनि संसदको विघटन भएपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान संविधानमा रहेकोले सो निर्वाचन सुनिश्चित नै छ ।

मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा चयन गर्नेछन् ।

मलेसिया स्वतन्त्र भएपछिका प्राय सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसन्ले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ ।

उक्त दलले अर्काे एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ ।

उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै हुनुहुन्छ । अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन् ।

तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ । यसले गर्दा उहाँको दललाई धक्का लाग्ने सम्भावना पनि ती विश्लेषकहरुले देखेका छन् ।

उहाँले पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओ दल छोडेर विपक्षी दलमा जानुभएको छ ।

महाथिरका कारण प्रधानमन्त्री रजाक पनि विवादमा आउनुभएको थियो । उहाँ मलेसियाका एकजना लोकप्रिय ९२ वर्षीय राजनीतिज्ञ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu