ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   ६ : ५२   बजे

काठमाडौं, ३० पुस । भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गएको सोमवार पश्चिम बङ्गालमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा जाँच गर्दा निपाह भाइरसका कम्तीमा दुई शङ्कास्पद घटना पहिचान भएका थिए ।

यो भाइरस अन्य श्वासप्रश्वाससम्बन्धी भाइरसको दाँजोमा धेरै नै प्राणघातक रहेको विज्ञहरूले बताएका छन् । चमेरो र सुँगुरबाट सर्ने यो भाइरस नेपालमा पनि फैलने जोखिम रहेकोले सर्तकता अपनाउन भनिएको छ ।

यो रोग जनावरमार्फत मानिसमा सर्ने तथा सङ्क्रमित जनावरको मासु खानाले पनि रोग फैलन्छ । सन् १९९९ मा पहिलो पटक मलेशियामा निपाह भाइरसको पहिचान भएको थियो । मलेशिया र सिङ्गापुरमा सङ्क्रमित सुगुँरसँगको सम्पर्कमा पुगेका मानिसहरूमा श्वासप्रश्वास र मतिष्क सुन्निने समस्या देखिएको थियो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अहिलेसम्म झन्डै तीन सय जनामा यो रोग देखिएको छ । त्यसमध्ये एक सय जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म निपाह

भाइरसको उपचारको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरूले लक्षण हेरेर यसको उपचार गर्ने गरेका छन् । ४ देखि १४ दिनसम्मको अवधिमा यो भाइरसले सङ्क्रमित गर्छ । यस क्रममा ज्वरो आउने , टाउको दुखाइ, श्वासप्रश्वास तथा स्नायुसम्बन्धी समस्या देखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group