ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा डडेल्धुराकी एक बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा कार्यरत बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्धअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार बोहराले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाइस्कुल परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली मार्कसिट, प्रमाणपत्र तथा प्रव्रजन (माइग्रेसन) प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेकी थिइन्।

ती प्रमाणपत्रका आधारमा उनले बालविकास सहजकर्ता पदमा नियुक्ति लिएर बहाल रहँदै पारिश्रमिक, भत्ता तथा अन्य सुविधा लिएको अख्तियारको आरोप छ।

अख्तियारले अनुसन्धानबाट पेस गरिएका शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गर्दै बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको जनाएको छ।

आयोगले सोही कानुनी व्यवस्थाअनुसार कैद र जरिवानाको सजाय मागदाबी गर्दै बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेकोजनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

चार आंगिक क्याम्पसको आकस्मिक निरीक्षणमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोली

‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन, ५१ वडाध्यक्षका काम र संघर्ष समेटिए

विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

सातै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu