ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष


एबीसी न्यूज
२६ माघ २०८२, सोमबार   १० : ५५   बजे


काठमाडौं २६ माघ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो छोडेर संवाद र सुधारको मार्ग अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले अध्यक्ष दाहालले नेपालको भविष्य विध्वंश र अराजकतामा नभइ संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित रहेको बताए । निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिए । उनले भदौ २३ र २४ गतेका घटनाहरूले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न उब्जाएको र त्यसले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पु¥याएको उल्लेख गरे । भ्रष्टाचार र कुशासन विरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने उहाँले बताए ।
उनले भने, ‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ । त्यसका लागि राज्य संयन्त्र, राजनीतिक शक्ति, निजी क्षेत्र र आम जनसमुदायको एकतावद्ध पहल र आह्वानले मात्रै जलेको मन र डढेको आत्मविश्वास, ढलेको आत्मविश्वासलाई फेरि उठाउन सकिन्छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उद्यमशीलताका क्षेत्रमा नेपालीसँग अपार सम्भावनाहरू छन् । तर ती सम्भावनाहरूलाई हामीले समुचित उपयोग गर्न र लगानीमा रूपान्तरण गर्न व्यवसायिक वातावरण र लगानीका लागि विश्वासयोग्य अवस्था निर्माण गर्नु पहिलो शर्त बनेको छ । यो प्रतिवेदनले हाम्रो समाजमा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक छ भन्ने गम्भीर र तितो यथार्थलाई उजागर गरेको छ । अब यो भाष्य र मानसिकता बदल्नुपर्ने बेला आएको छ । नाफा कमाउनु अपराध होइन, बरु व्यवसाय सञ्चालनको अनिवार्य आधार हो । जब एक जना उद्यमीले जोखिम मोलेर लगानी गर्छ र नाफा कमाउँछ, उसले त्यही नाफाबाट पुनः लगानी विस्तार गर्छ र नयाँ रोजगारी सिर्जना गर्छ र राज्यलाई कर तिर्छ । त्यही करबाट नै देशका विकासका कामहरू हुने गर्दछन् । त्यसैले नीतिगत सुधारसँगै हामीलाई अब उत्पन्न सांस्कृतिक र सामाजिक दृष्टिकोणको सुधार पनि अपरिहार्य भएको छ । म यस सन्दर्भमा सबैलाई स्मरण गराउन चाहन्छु कि हाम्रो संविधानमा उल्लिखित राज्यको तीन खम्बे अर्थतन्त्र सार्वजनिक, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयास र सही प्रयोगबाट मात्र देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ भन्ने लाग्छ ।’
आर्थिक क्षतिको डरलाग्दो तथ्याङ्क
अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अध्यक्षले भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा ३४ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको बताए । ९८ प्रतिशत व्यवसायीको मनोबल खस्कनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको महशुस गर्नु अर्थतन्त्रका लागि खतराको घण्टी भएको उनको भनाइ छ ।
कुशासन विरुद्धको आक्रोश र अराजकताको भेद
अध्यक्ष दाहालले आन्दोलनका नाममा हुने लुटपाट र आगजनीलाई ‘आततायी विध्वंश’ को संज्ञा दिए । भदौ २३ गतेको आन्दोलन भ्रष्टाचार र जवाफदेहिताको अभाव विरुद्ध रहेको तर २४ गतेको विध्वंश स्वाभाविक निरन्तरता नभएको बताए । के यो अराजकता नेपाललाई असफल बनाउने गलत नियतबाट प्रेरित त थिएन ? उनको प्रश्न छ । यो राष्ट्रमाथि नै अस्तित्वको प्रश्न उठाउने हमला भएको उनको जिकिर छ ।
अन्तर्राष्ट्रिय छवि र सुशासनको चुनौती
नेपाल अहिले पनि एफएटीएफको ‘ग्रे लिस्ट’ मा पर्नसक्ने जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले सुशासन र अन्तर्राष्ट्रिय मापदण्डप्रति प्रतिवद्धता व्यवहारमै देखिनुपर्ने बताए । राज्यले सही शासन व्यवस्था सञ्चालन गर्न नसक्दा नागरिकमा आक्रोश जन्मिने भएपनि त्यसको समाधान भौतिक संरचनाको विनाश नभएको उनको तर्क छ ।

नीतिगत सुधारको प्रतिवद्धता
अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सामाजिक र सांस्कृतिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नाफा कमाउनु अपराध नभई व्यवसाय विस्तार र रोजगारी सिर्जनाको आधार भएको उनले बताए । साथै राष्ट्रिय सभाले लगानीको सुरक्षा सुनिश्चित गर्न, भ्रष्टाचारमुक्त सुशासन कायम गर्न र व्यवसायमैत्री कानुन निर्माण गर्न सदैव तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu