ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र


एबीसी न्यूज
१५ फाल्गुन २०८२, शुक्रबार   ९ : ५१   बजे

काठमाडौं । फागुन २१ नजिकिँदै जाँदा राजनीतिक माहोल तातिँदो छ। यहीबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष पत्र पठाएको खुलासा भएको छ। माघ ११ (जनवरी २५०) मा लेखिएको भनिएको उक्त पत्रमा आगामी निर्वाचनका लागि सहयोग र सहकार्यको अपेक्षा गरिएको उल्लेख छ।

दुई नेताको संयुक्त हस्ताक्षरमा पठाइएको पत्रमा ‘जेनजी आन्दोलन’ पश्चात् प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै आगामी चुनावमा पनि यस्तै सदाशयता रहने विश्वास व्यक्त गरिएको स्रोतहरूको दाबी छ। विगतमा अन्य दललाई भ्रष्ट, विदेशी प्रभावमा चलेको आरोप लगाउँदै आएको पार्टीकै नेतृत्व तहबाट यस्तो पहल हुनु राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पत्रमा बालेन साहको नेतृत्वमा सीमा विवाद समाधान गर्ने प्रतिबद्धता, संविधान तथा कानुन संशोधनका सम्भावित एजेन्डा र संघीयतामाथि पुनर्विचार गर्न सकिने धारणा समेटिएको बताइन्छ।

स्मरणीय छ, २०७२ असोज ३ गते जारी नेपालको संविधानप्रति भारत असन्तुष्ट रहेको सन्दर्भ र त्यसपछि करिब पाँच महिना लगाइएको नाकाबन्दी अझै राजनीतिक बहसको विषय बन्ने गरेको छ। विश्लेषकहरूका अनुसार, रास्वपाले भारतसँगको सम्बन्धलाई रणनीतिक रूपमा उपयोग गर्दै सम्भावित सत्ता समीकरणका लागि ढोका खुला राख्ने संकेत गरेको देखिन्छ।

पत्रमा भारतीय हितविरुद्ध कुनै कदम नचालिने आश्वासनसमेत उल्लेख गरिएको दाबी गरिएको छ। यस घटनाले चुनावी राजनीति र कूटनीतिक सन्तुलनबीचको सम्बन्धलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार राति रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं । दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’

रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोप पनि लगाएको छ ।

‘द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौं । साथै, आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन सबैमा अपिल गर्दछौं,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ । सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो ।’

*रबि र बालेनको पत्र नक्कली भएको भन्दै नेता शिशिर खनालको भनाईलाई स्वीकार गरी सो समाचारलाई आर्काइभ गरिएको छ । स्वतन्त्र रुपमा त्यो पत्र लेखिएकै थियो वा थिएन भन्ने बारेमा यथोचित पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group