एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बहुविवाह गर्ने पुरुषलाई घर भत्ता दिने नयाँ कानुनको घोषणा गरेको छ । युएईमा महिलाहरूको जनसंख्या बढ्दै गएपछि पुरुषले बहुविवाह नगरे विवाह गर्ने पुरुष फेला पार्न कठिन हुँदै जाने कुरा खलिज टाइम्सले जनाएको छ ।
यस्तो अवस्थामा विकास मन्त्रीले कुनै पुरुषले बहुविवाह गर्छ भने उसलाई सरकारले बनाएको घरमा बस्न दिने घोषणा गरेका हुन् । युएई सरकारले एक जनासँग विवाह गर्नेलाई पनि घर भत्ताको सुविधा दिँदै आएको थियो भने दोस्रो विवाह गर्दा कान्छी श्रीमतीलाई कहाँ राख्ने भन्ने द्विविधा नहोस् भनेर प्रोत्साहन स्वरूप यो निर्णय गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्