काठमाडौं,२५ चैत । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रविधिक विश्वविद्यालय परिषरमा रुद्राक्षको विरुवा रोप्नु भएको छ । प्रधानमन्त्री शर्माले रोपेको विरुवामा पानी हाल्न उहाँकी धर्म पत्निले सघाउनु भएको थियो ।
उक्त विद्यालयले प्रधानमन्त्री ओली मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्ने भएको छ । भारत भ्रमण र विभुषित भएको विद्यालयको सम्झनामा रुद्राक्षको विरुवा रोपिएको उनका सहयोगी चेतन अधिकारीले बताउनुभयो ।
आजै साढे १२ बजे प्रधानमन्त्री ओलीले ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गर्नुहुनेछ । त्यसैगरी पौने १ बजे इन्टिग्रेटेड फार्मिङ प्रोजेक्टको भ्रमण गर्ने कार्यक्रम छ । दिउ“सो १ बजे युनिभर्सिटीको गान्धी हलको एडमिनिस्ट्रेटिभ ब्लकमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित हुनुहुनेछ । पौने ४ बजे विश्वविद्यालयबाट प्रधानमन्त्री ओली पन्तनगरस्थित विमानस्थलबाट दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ । दिल्लीबाट साँझ ६ बजे नेपाल वायुसेवा निगमको विमानले काठमाडौंका लागि उडान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्