ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग एनआरएनएको माग


एबीसी न्यूज
२४ बैशाख २०८३, बिहिबार   १२ : ३०   बजे

काठमाडौं, २४ वैशाख । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाईसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । 
एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरुको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरित रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो । नेपालको समृद्धिका लागि सहकार्य गर्ने एनआरएनएको अभियानमा समेत सो निर्णयले गम्भिर ठेस पु¥याएकाले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन अनुरोध गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताउनु भयो । उहाँले विश्वका विभिन्न भागमा रहेर नेपालको सेवामा समर्पित भएका कुनैपनि क्षेत्रका विज्ञहरुको भावनामाथि चोट पु¥याउन काम नगर्न पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागगत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पारेको बताउनु भयो । संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा मात्र पेशागत पहिचान खोस्नु न्यायोचित नभएको संघको ठहर छ । प्रवक्ता सापकोटाकाअनुसार चिकित्सा पेसा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने थियो । तर सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति संघले आपत्ति जनाएको छ ।
प्रवक्ता सापकोटाले भन्नुभयो,‘मेडिकल काउन्सिलले विश्वका विभिन्न देशहरुबाट नेपालको चिकित्सकसँग जोडिएका उच्च र दक्ष चिकित्सकहरु जो मेडिकल काउन्सिलमा हुनुहुन्थ्यो । उहाँहरुको सेवाको विषयलाई लिएर जुन मेडिकल काउन्सिलले उहाँहरुलाई हटाएको छ । यसमा हामीलाई गैरआवासीय नेपाली संघको तर्फबाट हाम्रो एउटा समिति पनि छ । विशेष गरी विश्वका विभिन्न देशहरुमा चिकित्सक सेवासँग जोडिनु भएका जुन एक्पपर्टहरु हुनुहुन्छ । यो अत्यन्तै चिन्ताजनक र देशलाई स्किल नलेज ट्रान्सपर गर्ने जुन जुन नीति राज्यको छ । त्यो भन्दा विपरितभयो भन्ने मलाई लाग्दछ । र, संसारभर रहेका एक्सपर्टहरुलाई यस्ता खालको निर्णयहरुले राज्यले गर्ने निर्णयले निरुत्साहित गर्छ । त्यसैले हामी सरकारलाई यस्ता खालको निर्णय गर्दा संयम हुन, सम्बन्धित पक्षसँग सम्वाद गर्न नीतिगत रुपमा पनि यस्ता कुरालाई प्रष्ट पार्न अनुरोध गर्दछौ । यो चिकित्सक मात्रै नभएर अन्य विश्वका विभिन्न देशमा नेपालका विभिन्न विधाका एक्सपर्टहरु हुनुहुन्छ । उहाँहरु गैर आवासीय नेपाली संघमा आवद्ध हुनुहुन्छ । हाम्रो स्किल, नलेज र रिर्सोसेसहरुलाई यो देशसँग जोडन चाहन्छौ । हामी भूगोगको हिसावले नेपाल भन्दा बाहिर भएपनि यो समृद्ध नेपाल निर्माण गर्ने अभियानमा गैर आवासीय नेपालीसँग सँगै हिँडन तत्पर छ । यद्यपि यस्ता खालको निर्णयहरुले हामीलाई चोट पु¥याएको छ, ठेस पु¥याएको छ । म फेरि पनि सरकारसँग ३३ जना एक्सपर्ट जुन मानव सेवासँग जोडिएका विज्ञहरुलाई जो नेपालको सेवामा समर्पित हुनुुहुन्थ्यो । उहाँहरुलाई हटाउने जुन निर्णय मेडिकल काउन्सिलले गरेको छ । यो निर्णय सच्याउन हामी अनुरोध गर्दछौँ ।’
एनआरएनएले विदेशमा रहेका नेपालीहरुको बारेमा निर्णय लिँदा सम्बन्धित पक्षसँग सम्वाद गरेर मात्रै गर्न उपयुक्त हुने राय पनि सरकारलाई दिएको छ । प्रवक्ता सापकोटाले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली विज्ञहरुबारे राज्यले गर्ने निर्णय उनीहरुलाई निरुत्साहित गर्ने खालको हुन नहुने पनि स्मरण गराउनु भयो 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group