ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’


एबीसी न्यूज
३१ बैशाख २०८३, बिहिबार   १० : ४४   बजे

काठमाडौं ३१ वैशाख ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको राजधानी बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गर्दै राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध विश्वव्यापी स्थिरताका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनले दुई देशबीच प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक रहेको बताउँदै भने, “अमेरिका र चीन प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।”

भेटका क्रममा दुई नेताले हात मिलाएका थिए भने ट्रम्पलाई चिनियाँ पक्षले गार्ड अफ अनरसमेत प्रदान गरेको थियो। त्यसपछि दुवै नेताबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको थियो।

जवाफमा ट्रम्पले सी चिनफिङको प्रशंसा गर्दै आफूलाई उनको मित्र हुन पाउँदा सम्मानित महसुस भएको बताए। उनले अमेरिका–चीन सम्बन्ध अझ सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे।

ट्रम्पले भने, “विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई मसँगै चीन ल्याएको छु।”

ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक तथा बोइङका अधिकारीलगायत अमेरिकी व्यवसायिक क्षेत्रका प्रभावशाली व्यक्तित्व सहभागी छन्।

वार्तामा व्यापार, भन्सार शुल्क, अर्धचालक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), दुर्लभ पृथ्वी खनिज तथा ताइवानसँग सम्बन्धित विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu