ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’


abc tv
२१ जेष्ठ २०८३, बिहिबार   १ : ३२   बजे

काठमाडौँ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी महत्वपूर्ण फैसला गर्दै चेकमा उल्लेख भएको रकमसँगै सोको ब्याजसमेत पीडितलाई भुक्तानी गराउनुपर्ने आदेश दिएको छ। अदालतको यो निर्णयले चेक बाउन्ससम्बन्धी विवादमा नयाँ कानुनी नजिर स्थापित गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै चेक जारी गर्ने व्यक्तिलाई मूल रकम र ब्याज दुवै तिर्नुपर्ने ठहर गरेको हो।

मुद्दाअनुसार काठमाडौँ महानगरपालिका–३२ निवासी शकुन्तला खड्काले विभिन्न समयमा दिएको सापटी रकम फिर्ता गर्ने क्रममा संगीता थापाले ४ लाख र ५ लाख रुपैयाँका दुई वटा चेक उपलब्ध गराएकी थिइन्। तर, सिटिजन्स बैंक र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा जारी ती चेकहरू खातामा पर्याप्त रकम नभएका कारण ‘रिटर्न स्लिप’सहित फिर्ता भएका थिए।

फैसलामा सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै खातामा पर्याप्त रकम नभएको जानकारी हुँदाहुँदै चेक जारी गर्नु आफैँमा कानुनविपरीत कार्य भएको उल्लेख गरेको छ। अदालतले यस्तो अवस्थामा चेक प्राप्त गर्ने व्यक्तिले चेकमा उल्लेखित सम्पूर्ण रकम र त्यसको ब्याज समेत असुलउपर गर्न पाउने अधिकार कानुनले प्रदान गरेको स्पष्ट पारेको छ।

सोही आधारमा सर्वोच्च अदालतले संगीता थापाको नाममा रहेको सम्पत्ति वा जेथाबाट ९ लाख रुपैयाँ तथा उक्त रकममा वार्षिक १० प्रतिशतका दरले गणना हुने ब्याजसमेत शकुन्तला खड्कालाई भराइदिन आदेश जारी गरेको छ।

अदालतको यो फैसला चेक बाउन्सका घटनामा पीडित पक्षको हक संरक्षण गर्ने तथा वित्तीय कारोबारमा जिम्मेवारी र अनुशासन कायम गर्न महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu