ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इबोला नियन्त्रणका लागि चिनियाँ विशेषज्ञको दोस्रो टोली कंगो पुग्यो


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   १२ : ३०   बजे

काठमाडौं २१ असार । इबोला भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने उद्देश्यका साथ चिनियाँ विशेषज्ञहरूको दोस्रो टोली प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) पुगेको छ । महामारी नियन्त्रणका लागि खटिएका विशेषज्ञहरूको यो टोली शुक्रबार कंगोको राजधानी किनशासा आइपुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लुकु मालेयो मारियसले विमानस्थलमा चिनियाँ टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा उनले चीन र कंगोबीचको सम्बन्ध आधा शताब्दीभन्दा पुरानो रहेको चर्चा गर्दै विशेषगरी स्वास्थ्य क्षेत्रको सहकार्य अत्यन्तै फलदायी रहेको बताए । उच्चस्तरीय स्वास्थ्य सहकार्यले कंगोको सार्वजनिक स्वास्थ्य क्षमता सुदृढ गर्न प्रभावकारी भूमिका खेलेको मारियसको भनाइ थियो । कंगोमा हाल इबोलाको प्रकोप जटिल अवस्थामा रहेको उल्लेख गर्दै मारियसले यस महामारी विरुद्धको प्रतिकार्यमा चिनियाँ टोलीबाट थप सशक्त सहयोगको अपेक्षा गरिएको बताए ।
चिनियाँ विशेषज्ञ टोलीका प्रमुख गु झिकियाङले आफ्नो टोलीले यथाशीघ्र काम शुरु गर्ने र कंगोका स्वास्थ्य अधिकारी एवं सम्बन्धित निकायहरूसँग निकट रहेर समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे। टोलीले महामारीसम्बन्धी अनुसन्धान, प्रयोगशाला परीक्षण, बिरामीको उपचार, संक्रमण रोकथाम तथा नियन्त्रण र जनशक्ति प्रशिक्षणका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस सहकार्यमार्फत महामारी रोकथाम र नियन्त्रणमा चिनियाँ अनुभव र दक्षता साटासाट गरिने झिकियाङले जानकारी दिए । 
यसैबीच, कंगोका राष्ट्रपति फेलिक्स सुसेकेडीले इबोला विरुद्धको अभियानमा सहयोग पु¥याउने चीन लगायतका मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूप्रति आभार प्रकट गरेका छन् । महामारीले कुनै भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै राष्ट्रपति सुसेकेडीले विश्वभरका नागरिकको प्रभावकारी सुरक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu