काठमाडौं २१ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जनगणतन्त्रको पूर्ण मुक्ति भएको घोषणा गर्नुभएको छ । संयुक्त सैन्य बलको एक अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सो जानकारी दिनुभएको हो । बैठकका क्रममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हालै लुहान्स्क जनगणतन्त्रलाई पूर्ण रूपमा मुक्त गर्ने कार्य सम्पन्न भएको छ ।’
उहाँले डोनेट्स्क जनगणतन्त्रका साथै जापोरिझिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचनाहरू नष्ट गर्ने अभियान अझै जारी रहेको समेत उल्लेख गर्नुभयो । यसैगरी, राष्ट्रपति पुटिनले युक्रेनका खार्किभ, सुमी र निप्रोपेत्रोव्स्क क्षेत्रका सीमावर्ती इलाकाहरूमा सुरक्षा क्षेत्र निर्माण गर्ने कार्य योजनाअनुसार नै अगाडि बढिरहेको दाबी गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्