ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्टका राष्ट्रपतिद्वारा नयाँ सैन्य मुख्यालयको उद्घाटन


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   १२ : २८   बजे

काठमाडौं २२ असार । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले राजधानी कायरोको पूर्वमा अवस्थित नयाँ प्रशासनिक राजधानीमा अक्टागन भनिने राज्य रणनीतिक कमान्ड मुख्यालयको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सो मुख्यालयले देशको सैन्य तथा रणनीतिक सञ्चालन प्रणालीमा नयाँ आयाम थप्नेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले नयाँ कमाण्ड मुख्यालयलाई एक गौरवशाली राष्ट्रिय संरचनाको रूपमा वर्णन गर्नुभयो । उहाँले यो परिसर इजिप्टको कमाण्ड, नियन्त्रण र अपरेशन व्यवस्थापन प्रणालीमा एउटा महत्वपूर्ण फड्को भएको बताउनुभयो । 
अत्याधुनिक प्राविधिक पूर्वाधार, सुरक्षित सञ्चार प्रणाली र सूचना संकलन एवं विश्लेषणको उन्नत क्षमताले सुसज्जित यो मुख्यालय सैन्य मामिला व्यवस्थापनका लागि मात्र नभई राज्यका चुनौती र असाधारण परिस्थितिहरूको सामना गर्न सक्षम आधारस्तम्भको रूपमा डिजाइन गरिएको मिश्रका राष्ट्रपतिले उल्लेख गर्नुभयो ।
मिश्रको सरकारी समाचार एजेन्सी मेनाकाअनुसार राष्ट्रपति सिसीले आधिकारिक उद्घाटन बडापत्रमा हस्ताक्षर गर्नुका साथै सो परिसरमा सशस्त्र बलको झण्डा झण्डोत्तोलन गर्नुभएको थियो ।
अक्टागन मध्यपूर्व क्षेत्रकै सबैभन्दा ठूलो कमाण्ड सेन्टर हो । यसले उन्नत सञ्चार प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत राज्यका सार्वभौम निकायहरूलाई आपसमा जोड्ने र एकीकृत संकट व्यवस्थापन केन्द्रको रूपमा काम गर्ने समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu