ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोअलाको वंशाणुगत विविधता संरक्षणका लागि अस्ट्रेलियामा ‘प्रजनन बैंक’ स्थापना


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं २२ असार । अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार यो परियोजनाले कोअलाको अस्तित्वका लागि ‘अति आवश्यक आनुवंशिक सुरक्षा कवच’ को रूपमा काम गर्नेछ । विश्वविद्यालयका प्रजनन जीवविज्ञानी एन्ड्रेस गाम्बिनीले वन्यजन्तु अस्पतालहरूमा कोअलाको मृत्यु हुँदा हाल गुमिरहेको महत्वपूर्ण आनुवंशिक सामग्रीलाई यस बैंकमार्फत सुरक्षित गरिने बताउनु भयो । 
‘वंशाणुगत विविधताको अभावले भावी पुस्तालाई कमजोर बनाउनुका साथै वातावरणमा आउने चुनौतीहरूसँग अनुकूल हुने क्षमतामा कमी ल्याउँछ’ गाम्बिनीले भन्नुभयो । यो परियोजनाले सुरक्षित र व्यवस्थित रूपमा कोअलाको शुक्रकीट र डिम्ब संकलन गरी भविष्यका संरक्षण कार्यक्रमका लागि सुरक्षित राख्ने उहाँको भनाइ छ । यो पहल क्वीन्सल्याण्ड विश्वविद्यालयको ‘मार्सुपियल’ प्रजनन क्षेत्रको लामो अनुभव र विज्ञतामा आधारित छ । यसअघि यही विश्वविद्यालयले कृत्रिम गर्भाधानमार्फत विश्वकै पहिलो कोअलाको जन्म गराउनुका साथै कंगारुको आईभीएफ प्रविधिमा समेत महत्त्वपूर्ण सफलता प्राप्त गरिसकेको छ । 
अनुसन्धानकर्ताहरूका अनुसार मृत वा प्रजनन गर्न नसक्ने कोअलाहरूबाट सङ्कलन गरिएका नमुनाहरूको वंशाणुगत गुण र स्वास्थ्य परीक्षण गरिनेछ । कोअलाको प्रजनन क्षमतामा गम्भीर असर पु¥याउने ‘क्लामिडिया’ जस्ता संक्रमणहरूलाई प्रजनन नमुनाबाट हटाउन सकिने प्रविधि समेत विकसित गरिएको छ । 
वन्यजन्तु प्रजनन विशेषज्ञ सह–प्राध्यापक स्टिभ जोन्स्टनकाअनुसार सङ्कलित प्रजनन कोषहरूलाई विश्वविद्यालयको ग्याटन क्याम्पसमा तरल नाइट्रोजनमा भण्डारण गरिनेछ । यी नमुनाहरूलाई भविष्यमा कृत्रिम गर्भाधान वा आईभीएफ कार्यक्रमहरूमा प्रयोग गर्न सकिनेछ । 
गाम्बिनीका अनुसार यो ‘कोअला बैंक’ बासस्थान संरक्षण, रोग व्यवस्थापन र जनसंख्या अनुगमन जस्ता प्रयासहरूको विकल्प नभई एक सहायक प्रणाली हो । प्रजनन प्रविधिमा निरन्तर सुधार भइरहँदा यो बैंकले कोअलाको विविधता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu