ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानलाई ट्रम्पको कडा चेतावनी: ‘मेरो हत्या प्रयास भए हजारौं मिसाइल प्रहार हुनेछ’


एबीसी न्यूज
२७ असार २०८३, शनिबार   १२ : ३४   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध हत्या वा हत्या प्रयास गरिए अमेरिकाले इरानमाथि अभूतपूर्व सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन्।

ट्रम्पले शुक्रबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा इरानतर्फ लक्षित एक हजार मिसाइल पहिले नै तयारी अवस्थामा रहेकोदाबी गर्दै, आवश्यक परे त्यसलगत्तै हजारौं थप मिसाइल प्रहार गरिने चेतावनी दिएका हुन्।

The Islamic Republic of Iran has asked us to continue “talks.” We have agreed to do so, but the United States has stated to them, in no uncertain terms, that the Cease Fire is OVER! Thank you for your attention to this matter. President DONALD J. TRUMP

( TS: Jul 10 2026, 10:32… pic.twitter.com/QTF3INJlCI

— Commentary Donald J. Trump Truth Social Posts On X (@TrumpTruthOnX) July 10, 2026

उनले इरानी सरकारले विश्वका विभिन्न स्थानबाट आफूलाई हत्या गर्ने धम्की दिएको आरोप लगाउँदै त्यसको जवाफमा अमेरिकी सेनालाई एक वर्षसम्म, आवश्यक परे समय थप गर्न सकिने गरी, इरानका सबै रणनीतिक क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिइसकेको बताएका छन्।

ट्रम्पले आफ्नो सन्देशमा भनेका छन्, “इस्लामिक गणतन्त्र इरानतर्फ एक हजार मिसाइल लक्षित गरी तयारी अवस्थामा राखिएका छन्। यदि इरानी सरकारले संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपतिमाथि—यस अवस्थामा ममाथि—हत्या वा हत्या प्रयास गर्‍यो भने तत्काल हजारौं थप मिसाइल प्रहार गरिनेछ। आदेश दिइसकिएको छ र अमेरिकी सेना एक वर्षसम्म, आवश्यक परे त्यो अवधि थप गरेर पनि, इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्न तयार, इच्छुक र सक्षम छ।”

सन्देशको अन्त्यमा उनले “Praise Be to Allah!” (अल्लाहको प्रशंसा होस्) भन्ने वाक्यांशसमेत प्रयोग गरेका छन्, जसले सामाजिक सञ्जालमा थप चर्चा उत्पन्न गरेको छ।

ट्रम्पको यो अभिव्यक्ति अमेरिका–इरान सम्बन्ध अत्यन्त तनावपूर्ण बनेका बेला आएको हो। पछिल्ला महिनाहरूमा दुवै देशबीच प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सैन्य तनाव, आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षालाई लिएर आरोप–प्रत्यारोप जारी छ।

यद्यपि ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेको हत्या धम्कीबारे कुनै प्रमाण सार्वजनिक गरेका छैनन्। इरान सरकारले पनि ट्रम्पको यस दाबीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

अमेरिकी राष्ट्रपति पदमा रहँदा ट्रम्पले सन् २०२० मा इरानका शीर्ष सैन्य कमाण्डर कासिम सुलेमानीमाथि गरिएको ड्रोन आक्रमणको आदेश दिएका थिए। त्यसयता इरानका विभिन्न अधिकारीहरूले ट्रम्प र उक्त कारबाहीमा संलग्न अमेरिकी अधिकारीहरूलाई जवाफदेही बनाउने चेतावनी दिँदै आएका छन्।

ट्रम्पको पछिल्लो चेतावनीले मध्यपूर्वमा थप तनाव बढ्ने चिन्ता व्यक्त गरिएको छ। यदि यस्तो प्रकारको सैन्य कारबाही वास्तविक रूपमा अघि बढे त्यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी सुरक्षा र ऊर्जा बजारमा समेत गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu