ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्तिशाली आँधी ‘बावी’को कहर : फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु, ताइवान र जापानमा उच्च सतर्कता


एबीसी न्यूज
२७ असार २०८३, शनिबार   १२ : ५६   बजे

काठमाडौं – शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दशकौँयताकै शक्तिशाली मानिएको यस आँधीले पूर्वी एसियाका विभिन्न देशमा व्यापक असर पार्न थालेपछि सरकारले उच्च सतर्कता अपनाएका छन्।

प्रशान्त महासागर हुँदै अघि बढिरहेको ‘बावी’ झन्डै फ्रान्सको आकार बराबरको रहेको जनाइएको छ। आँधी ताइवानतर्फ अघि बढिरहेकाले त्यहाँको सरकारले पहाडी तथा जोखिमयुक्त क्षेत्रबाट १४ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

रोयटर्सका अनुसार जापानी अधिकारीहरूले बाढी, पहिरो र तीव्र हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

शनिबार आँधी जापानको दक्षिणी साकिसिमा टापुमा पुगेपछि त्यहाँ भारी वर्षा, तीव्र हुरी तथा प्रतिकूल मौसमको अवस्था सिर्जना भएको छ। त्यसपछि आँधी ताइवानतर्फ अघि बढेको बताइएको छ।

मौसमविद्हरूका अनुसार ‘बावी’ शनिबार नै दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान गरिएको छ। यसले चीनका तटीय क्षेत्रमा पनि भारी वर्षा, बाढी र हावाहुरीको जोखिम बढाएको छ।

यसअघि यही महिनाको सुरुमा ‘बावी’ले उत्तरी प्रशान्त महासागरस्थित अमेरिकाको मारियाना टापु र गुआम क्षेत्रमा पनि प्रभाव पारेको थियो।

अधिकारीहरूले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सरकारी निर्देशन पालना गर्न, सुरक्षित स्थानमा बस्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनामा निरन्तर ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu