ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   ९ : १६   बजे

“यदि इरान वार्ताको टेबलमा आएन भने अर्को हप्ता अमेरिकी सेनाले विद्युत् केन्द्र र पुलहरूलाई लक्षित गरी बम आक्रमण गर्नेछ”:ट्रम्प

काठमाडौं । इरानले अमेरिकासँग भएको शान्ति सम्झौता अब प्रभावहीन भएको घोषणा गर्दै दुई देशबीचको कूटनीतिक समझदारी समाप्त भएको जनाएको छ। दक्षिणी इरानमा अमेरिकी सैन्य कारबाही र त्यसलगत्तै इरानको जवाफी मिसाइल तथा ड्रोन आक्रमणपछि मध्यपूर्वमा तनाव फेरि तीव्र बनेको छ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी आक्रमणपछि अब दुई देशबीचको ‘इस्लामाबाद सम्झौता’ व्यवहारिक रूपमा समाप्त भएको बताएका छन्।

बीबीसीका अनुसार उनले भने, “अब इस्लामाबाद सम्झौताजस्तो कुनै चिज बाँकी छैन।”

दक्षिणी इरानमा अमेरिकी सैन्य आक्रमण

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले बुधबार बिहान करिब सात घण्टासम्म इरानविरुद्ध व्यापक सैन्य अभियान सञ्चालन गरेको जनाएको छ।

सेन्टकमका अनुसार हर्मुज जलडमरूमध्य आसपास तथा इरानी तटीय क्षेत्रमा लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग गरी क्षेप्यास्त्र प्रक्षेपण केन्द्र, ड्रोन अड्डा, नौसेना पूर्वाधार तथा तटीय रक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको थियो।

दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको जवाफी आक्रमण

अमेरिकी कारबाहीपछि इरानले पनि तत्काल जवाफी प्रतिक्रिया जनाएको छ।

बीबीसीका अनुसार इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी पक्षले आफ्नो एउटा ड्रोनले कुवेतस्थित अमेरिकी सैन्य गोदाममा सफल प्रहार गरेको दाबी गर्दै त्यससँग सम्बन्धित भिडियोसमेत सार्वजनिक गरेको छ। यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

केही साताअघि मात्रै भएको थियो शान्ति सम्झौता

गत जुन महिनामा अमेरिका र इरानले लामो समयदेखिको तनाव अन्त्य गर्ने उद्देश्यसहित ‘इस्लामाबाद सम्झौता’ (एमओयू) मा हस्ताक्षर गरेका थिए।

त्यस सम्झौताले दुई देशबीच प्रत्यक्ष सैन्य टकराव रोक्ने अपेक्षा गरिएको थियो। तर हर्मुज जलमार्गमा पछिल्ला घटनापछि सम्बन्ध फेरि तीव्र रूपमा बिग्रिएको देखिएको छ।

इरानले अमेरिकी कारबाहीलाई सम्झौताको उल्लङ्घन भएको आरोप लगाएको छ भने अमेरिकाले आफ्नो सैन्य कारबाहीलाई सुरक्षा हितका लागि आवश्यक कदम भएको जनाएको छ।

ट्रम्पको थप चेतावनी

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए थप सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, “यदि इरान वार्ताको टेबलमा आएन भने अर्को हप्ता अमेरिकी सेनाले विद्युत् केन्द्र र पुलहरूलाई लक्षित गरी बम आक्रमण गर्नेछ।”

ट्रम्पको यो चेतावनीले मध्यपूर्वमा द्वन्द्व अझै फैलिन सक्ने चिन्ता बढाएको छ।

क्षेत्रीय सुरक्षा चुनौती

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग भएकाले यहाँको सैन्य तनावले अन्तर्राष्ट्रिय तेल बजार, समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।

अमेरिका–इरानबीच केही साताअघि भएको शान्ति समझदारी असफल बनेसँगै दुवै देश पुनः सैन्य टकरावतर्फ उन्मुख देखिएका छन्। यसले मध्यपूर्वमा नयाँ चरणको अस्थिरता निम्त्याउने जोखिम बढाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu