ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का


एबीसी न्यूज
१ श्रावण २०८३, शुक्रबार   ७ : ३७   बजे

काठमाडौं, १ साउन । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत् केन्द्रसँग सम्बन्धित हजारौँ फाइल इन्टरनेटको गोप्य सञ्जाल (डार्क वेब) मा सार्वजनिक भएको दाबी गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ‘वल्र्ड लिक्स’ नामक साइबर अपराधी समूहले विद्युत् केन्द्रका केही संरचनाको नक्सा, उपकरण आपूर्तिकर्ताको विवरण तथा अन्य प्राविधिक कागजात सार्वजनिक गरेको दाबी गरेको हो ।कुडनकुलम भारतका सातवटा आणविक विद्युत् केन्द्रमध्ये सबैभन्दा ठूलो हो । प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । आणविक विद्युत् केन्द्र नामबाट पहिचान गरिएका झण्डै १९ हजार फाइल, जसको आकार १४ दशमलव ३ गिगाबाइट छ, गएको जुन ११ देखि डार्क वेबमा उपलब्ध छन् ।ती फाइलमा बैठक र निरीक्षण अभिलेख, उपकरण मूल्याङ्कन, बीमा कागजात तथा केही संरचनात्मक नक्सासमेत समावेश भएको खबरमा उल्लेख छ ।आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत् केन्द्रको सुरक्षाका लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ ।उहाँले भारतमा पछिल्ला वर्षहरूमा साइबर आक्रमणका घटना बढ्दै गएको र धेरै संस्था त्यस्ता जोखिम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको टिप्पणी गर्नुभएको छ ।यस घटनाको अनुसन्धान भारतको प्रमुख साइबर सुरक्षा निकाय भारतीय कम्प्युटर आपत्कालीन प्रतिक्रिया टोली (सर्ट–इन) ले गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu