काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ तथा पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका सात जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकमबाट नै पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ।
समितिका अनुसार साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरिएको छ।
पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको समितिले जनाएको छ। आगामी चरणमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने समितिको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्