ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, धनगढी रुटमा सबैभन्दा बढी असर


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   १२ : १५   बजे

काठमाडौं — नेपाल आयल निगमले साउन १८ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि इन्धन शुल्क समायोजन गर्दै हवाई भाडा बढाएका छन्।

हवाई टिकटमा समावेश हुने इन्धन शुल्क आयल निगमले निर्धारण गरेको इन्धन मूल्यका आधारमा समायोजन हुने भएकाले सोमबारदेखि यात्रुले बढेको शुल्कसहितको भाडा तिर्नुपर्ने भएको हो।

यसअघि असार १६ गते हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएपछि वायुसेवा कम्पनीहरूले पनि इन्धन शुल्क घटाएका थिए। तर, साउन १८ गतेदेखि इन्धनको मूल्य पुनः बढेपछि भाडा पनि बढाइएको हो।

सबैभन्दा बढी वृद्धि काठमाडौं–धनगढी रुटमा भएको छ। यस रुटमा इन्धन शुल्क ८७९ रुपैयाँ ५५ पैसा बढेको छ। यता, सबैभन्दा कम वृद्धि काठमाडौं–सिमरा रुटमा भएको छ, जहाँ १८३ रुपैयाँ ५ पैसा थपिएको छ।

अन्य प्रमुख गन्तव्यमा काठमाडौं–सुर्खेतमा ६८९ रुपैयाँ ९५ पैसा, काठमाडौं–माउन्टेन उडानमा ६८८ रुपैयाँ ४५ पैसा, काठमाडौं–नेपालगञ्जमा ६५४ रुपैयाँ ५ पैसा, काठमाडौं–भद्रपुरमा ५९९ रुपैयाँ ९५ पैसा, काठमाडौं–विराटनगरमा ४७७ रुपैयाँ ७० पैसा, काठमाडौं–भैरहवामा ४०९ रुपैयाँ ५५ पैसा, काठमाडौं–राजविराजमा ४०५ रुपैयाँ ६५ पैसा, काठमाडौं–तुम्लिङटारमा ३६८ रुपैयाँ ४५ पैसा, काठमाडौं–पोखरामा ३१४ रुपैयाँ ३५ पैसा, काठमाडौं–जनकपुरमा २५८ रुपैयाँ ५५ पैसा र काठमाडौं–भरतपुरमा २११ रुपैयाँ ८० पैसा इन्धन शुल्क बढेको छ।

त्यसैगरी पोखराबाट सञ्चालन हुने उडानहरूमा पनि भाडा समायोजन गरिएको छ। पोखरा–नेपालगञ्ज रुटमा ४७४ रुपैयाँ २५ पैसा, पोखरा–भैरहवामा २५९ रुपैयाँ २० पैसा र पोखरा–भरतपुरमा २१७ रुपैयाँ ८५ पैसा इन्धन शुल्क थपिएको छ।

हवाई सेवा कम्पनीहरूका अनुसार इन्धन मूल्यमा हुने उतारचढावअनुसार इन्धन शुल्क नियमित रूपमा समायोजन गरिने भएकाले आगामी दिनमा निगमले मूल्य परिवर्तन गरेसँगै हवाई भाडामा पनि फेरबदल हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

सरकारको कार्यशैली सकारात्मक, अब सुशासन र कार्यान्वयनमै केन्द्रित हुनुपर्छ : राजेन्द्र खेतान

अर्थमन्त्रीले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

कान्तिपुर सेभिङ र पशुपति सहकारीका बचतकर्तालाई रकम फिर्ता

कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

संक्रामक रोग नियन्त्रणमा मानवजस्तै पशुमा पनि विशेष व्यवस्था

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu