ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खल्ती प्रयोगकर्ताले अब ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा स्वतः सहभागिता जनाउन सक्ने


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   २ : ०५   बजे

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई स्वतः सहभागी हुने व्यवस्था गरेको छ।

खल्तीका अनुसार अब रु. १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता दैनिक तथा पाक्षिक उपहार योजनामा स्वतः सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।

खल्तीले जनाएको अनुसार योग्य डिजिटल कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पठाइनेछ। त्यसका आधारमा उपहार कुपन स्वतः सिर्जना हुनेछ, जसलाई प्रयोगकर्ताले आफ्नै खल्ती एपमार्फत हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउनेछ। खल्तीमार्फत सहभागी भएर विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न सञ्चार माध्यमबाट सूचना उपलब्ध गराउने जनाएको छ।

खल्तीका अनुसार यो पहलले बिलमा आधारित कारोबारलाई प्रोत्साहन, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास अभिवृद्धि तथा कारोबारको अभिलेखीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसबाट औपचारिक अर्थतन्त्रको विस्तार र राष्ट्रिय राजस्व प्रणाली सुदृढीकरणमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको डिजिटल कर प्रणालीलाई जनस्तरसम्म पुर्‍याउन सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए।

“सरकारको यस महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा हामी उत्साहित छौँ। सरकारी प्राथमिकतासँग सहकार्य गर्नु, वित्तीय पारदर्शिता प्रवर्द्धन गर्नु र डिजिटल अर्थतन्त्र निर्माणको राष्ट्रिय अभियानमा जिम्मेवार योगदान दिनु हाम्रो प्रतिबद्धता हो। सुरक्षित, सहज र समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने हाम्रो प्रयास निरन्तर रहनेछ,” उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu