ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ढल्केवरको ट्रमा सेन्टर कहाँ हरायो ?’ — कांग्रेस सांसद चन्द्रमोहन यादवको सरकारसँग प्रश्न


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरको योजना अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएको उल्लेख गर्दै ढल्केवरमा यसअघि घोषणा गरिएको ट्रमा सेन्टरको योजना किन अघि नबढाइएको भन्ने प्रश्न उठाए।

उनले अन्य स्थानमा ट्रमा सेन्टर निर्माण गरिनुमा कुनै आपत्ति नरहेको स्पष्ट पार्दै ढल्केवरका लागि स्वीकृत योजना भने कुनै हालतमा कार्यान्वयन हुनुपर्ने बताए।

“अन्यत्र ट्रमा सेन्टर बन्दा हामीलाई कुनै आपत्ति छैन। तर ढल्केवरमा जुन डेडिकेटेड ट्रमा सेन्टर थियो, त्यो कहाँ हरायो ? सरकारसँग मेरो प्रश्न छ,” सांसद यादवले भने।

सांसद यादवका अनुसार संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत धनुषाको हालको मिथिला नगरपालिका–७ स्थित ऐलानी जग्गामा ट्रमा सेन्टर निर्माणका लागि पहिलो पटक बजेट विनियोजन गरेको थियो।

त्यसयता हरेक आर्थिक वर्ष सोही आयोजनाका लागि बजेट छुट्याइए पनि निर्माण प्रक्रिया भने अघि बढ्न नसकेको उनले बताए।

उनले पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा रहेको ढल्केवर उच्च सवारी चाप भएको रणनीतिक क्षेत्र भएकाले यहाँ ट्रमा सेन्टरको आवश्यकता अझ बढी रहेको उल्लेख गरे।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएपछि ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरको भविष्यबारे पुनः बहस सुरु भएको छ।

सांसद यादवले सरकारले पूर्वनिर्णय कार्यान्वयन गर्दै ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

पुँजीगत खर्च सुधार्न सरकारको नयाँ रणनीति : मन्त्रालयलाई रकमान्तर अधिकार, नयाँ खरिद ऐन र तीन वर्षको स्रोत सुनिश्चित

धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी

करदाता प्रोत्साहन उपहार कार्यक्रम : पहिलो बम्पर विजेताले पाए १० लाख रुपैयाँ

ढल्केवर ट्रमा सेन्टरबारे सदनलाई जानकारी गराउन सभामुखको सरकारलाई निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu