ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   २ : १५   बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पुँजीबजार सुधार तथा आधुनिकीकरणका लागि ‘नेपालको प्राथमिक पुँजीबजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।

बोर्डका अनुसार श्वेतपत्रको मुख्य उद्देश्य नेपालको विद्यमान प्राथमिक पुँजीबजारको समग्र अवस्था मूल्यांकन गर्दै संरचनागत समस्या पहिचान गर्नु र आवश्यक सुधारका लागि स्पष्ट मार्गचित्र तयार गर्नु हो।

श्वेतपत्रमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको आवश्यकता र बजारको अवस्थाअनुसार उपयुक्त सुधार मोडेल प्रस्ताव गरिएको उल्लेख गरिएको छ। साथै, सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप बजारमुखी, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा लगानीकर्ता संरक्षणलाई थप सुदृढ गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

धितोपत्र बोर्डले श्वेतपत्रमार्फत आगामी सुधारका लागि कानुनी तथा नियामकीय आधार तयार गर्ने, नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा प्राथमिक पुँजीबजारलाई डिजिटल प्रविधिमैत्री बनाउने रणनीति अघि सारेको छ।

श्वेतपत्रका प्रमुख उद्देश्यहरूमा:

  • प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन,
  • संरचनागत समस्या र सुधार आवश्यक क्षेत्रको पहिचान,
  • अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन,
  • नेपालको सन्दर्भअनुकूल सुधार मोडेल प्रस्ताव,
  • सार्वजनिक निष्कासन प्रणालीलाई बजारमा आधारित बनाउने,
  • लगानीकर्ता संरक्षण सुदृढ गर्ने,
  • कानुनी तथा नियामकीय सुधारका आधार तयार गर्ने,
  • संस्थागत क्षमता अभिवृद्धिको मार्गचित्र प्रस्तुत गर्ने,
  • डिजिटल प्राथमिक पुँजीबजारको विकास प्रवर्द्धन गर्ने,
  • तथा दीर्घकालीन पुँजीबजार विकासमा योगदान पुर्‍याउने विषय समावेश छन्।

धितोपत्र बोर्डले श्वेतपत्रलाई नेपालको पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउने दीर्घकालीन सुधार योजनाको आधार दस्तावेजका रूपमा अघि बढाइने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

पुँजीगत खर्च सुधार्न सरकारको नयाँ रणनीति : मन्त्रालयलाई रकमान्तर अधिकार, नयाँ खरिद ऐन र तीन वर्षको स्रोत सुनिश्चित

करदाता प्रोत्साहन उपहार कार्यक्रम : पहिलो बम्पर विजेताले पाए १० लाख रुपैयाँ

ढल्केवर ट्रमा सेन्टरबारे सदनलाई जानकारी गराउन सभामुखको सरकारलाई निर्देशन

‘ढल्केवरको ट्रमा सेन्टर कहाँ हरायो ?’ — कांग्रेस सांसद चन्द्रमोहन यादवको सरकारसँग प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu