ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातमाटामा रोटरी क्लबद्वारा एक सयभन्दा बढी बिरुवा रोपियो


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ३५   बजे

बागलुङ । रोटरी क्लब अफ बागलुङ र रोट्रयाक्ट क्लब अफ बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका–३ रातमाटामा वृक्षारोपण गरिएको छ।

रोटरी डिस्ट्रीक्ट ३२९२ को गोलअन्तर्गत पञ्चायन गणेश मन्दिर व्यवस्थापन समितिको सहकार्यमा मन्दिर परिसरमा एक सयभन्दा बढी बिरुवा रोपिएको हो।

रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ बागलुङ, पञ्चायन गणेश मन्दिर व्यवस्थापन समिति तथा स्थानीयवासीको सहभागितामा बेल, जाकारान्डा, कल्की, अमला, गुलमोहर र धुपीलगायतका बिरुवा रोपिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष पुनमप्रसाद शर्माले जानकारी दिए।

वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य र स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा स्थानीयवासीलाई विभिन्न प्रजातिका १२ वटा फूलका बिरुवासमेत हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताए।

वातावरण संरक्षणसँगै मन्दिर परिसरको सौन्दर्यीकरण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

रसुवा बाढीमा मृत्यु भएका १०२ शव पोखरा ल्याइयो, ८७ वटाको पोस्टमार्टम पूरा

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu