ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासका लागि मध्यरातसम्म लाइन, सरकारमाथि रास्वपा सांसद अधिकारीको प्रश्न


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : ०५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य भएको भन्दै सरकारको आलोचना गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले ग्यासका लागि नागरिकले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरिन्।

‘भान्सामा साँझ–बिहान छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार?’ उनले प्रश्न गरिन्।

देशमा उत्पादित बिजुली खेर गइरहेको अवस्थामा ग्यासका लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याउनु ठूलो विडम्बना भएको उनको भनाइ थियो।

अधिकारीले ग्यासको अभावबाट नागरिकलाई राहत दिन सरकारले तत्काल इन्डक्सन चुलो वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताइन्।

ग्यास आपूर्तिमा पटकपटक समस्या भइरहँदा विद्युत् खपतमा लगाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरेको हो कि होइन भन्ने विषयमा सरकारले गम्भीर भएर समीक्षा गर्नुपर्ने उनले बताइन्।

विद्युतीय चुलोको प्रयोगलाई सहज र सुलभ बनाउनसमेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बार्सिलोना रोड्रीलाई भित्र्याउन सहमत, ६५ मिलियन पाउन्ड तिर्ने

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu