ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले परिणाम दिन नसके ‘भदौ २३’ जस्तै अवस्था आउन सक्छ : रवि लामिछाने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : १५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न नसके फेरि ‘भदौ २३’ जस्तै अवस्था आउन सक्ने संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले परिणाम दिन नसके नेपाली राजनीतिमा युवाको नेतृत्वमाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिए।

गत वर्षको भदौ २१ र २२ गतेको राजनीतिक अवस्थालाई स्मरण गर्दै उनले त्यसबेला दुई ठूला दल मिलेर शक्तिशाली सरकार बनेको उल्लेख गरे। तर, त्यसको भोलिपल्टै अप्रत्याशित राजनीतिक परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।

“गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार दुई तिहाइ थियो। शक्तिशाली दुई पार्टी सरकारमा थियो, कसले छुन सक्थ्यो र? २३ आइपुग्यो नि ओभरनाइट,” लामिछानेले भने।

उनले रास्वपाले गलत भाष्यलाई आफ्नो काम र परिणामबाट चिर्न नसके पार्टी पनि कठिन अवस्थामा पुग्न सक्ने बताए।

“हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ,” उनले भने।

लामिछानेले रास्वपाले आफ्नो जिम्मेवारी पूरा गर्न नसके केही वर्षमै राजनीतिमा युवाको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने बताए।

उनका अनुसार त्यसले ‘युवा भएर मात्र राजनीति गर्न सकिँदैन’ वा ‘अनुभव नभएका व्यक्तिबाट राजनीति सम्भव हुँदैन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न सक्छ।

“यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै, सम्भवतः केही वर्षभित्रै एउटा भाष्य बन्नेछ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति सम्भव नहुने रहेछ भन्ने वातावरण सिर्जना हुन सक्छ,” उनले भने।

यस्तो अवस्था आए त्यसको सबैभन्दा ठूलो असर परिवर्तनको पक्षमा उभिएका युवामाथि नै पर्ने उनको भनाइ थियो।

“त्यसको सबैभन्दा ठूलो सिकार हामी हुनेछौँ, जसले यो परिवर्तन सम्भव गरायो,” लामिछानेले भने।

परिणामबाट मात्रै गर्व गर्नुपर्ने

रास्वपा सभापति लामिछानेले युवा नेतृत्वले आफ्नो सफलताको दाबी भाषण वा नाराबाट नभई कामको परिणामबाट गर्नुपर्ने बताए।

उनले परिपक्वता, अनुभव र उमेरको महत्वलाई समेत स्वीकार गर्दै यी विषयलाई बेवास्ता गरे भविष्यमा त्यसको नकारात्मक असर पर्न सक्ने बताए।

“परिणाममा बदल्न सकेमात्र गर्व गर्नुपर्छ,” उनले भने, “यदि परिपक्व, अनुभव, उमेर नै चाहिने रहेछ भन्ने भाष्य बन्यो भने त्यो भविष्यका लागि घातक हुनेछ।”

युवा नेतृत्वले अहिले प्राप्त अवसरलाई जिम्मेवारीपूर्वक उपयोग गर्दै जनताले अनुभूति गर्ने गरी परिणाम दिनुपर्नेमा उनले जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu