ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : १५   बजे

काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र निर्माण गरेको छ।

लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयसीमा नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले यस्तो संयन्त्र बनाएको हो।

विभागका अनुसार नयाँ संयन्त्रमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माण तालिका, प्रमुख समस्या र समाधानका लागि चालिएका कदमबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय गरिनेछ।

समस्याको पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानका लागि समयसीमा निर्धारण गर्ने र त्यसको नियमित फलोअप गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ।

मन्त्री श्रेष्ठद्वारा आयोजना प्रमुखसँग बैठक आह्वान

यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति समीक्षा तथा आगामी कार्ययोजना तयार गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन्।

बैठकमा आयोजनाको वर्तमान अवस्था, निर्माणमा देखिएका समस्या, समाधानका उपाय तथा आगामी कार्ययोजनाबारे छलफल गरिने बताइएको छ।

प्रारम्भिक चरणमा विभागअन्तर्गतका ६ वटा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने तयारी गरिएको छ।

प्राथमिकतामा रहेका आयोजनामा:

  • महाकाली (तेस्रो) सिँचाइ आयोजना
  • रानी जमरा कुलरिया सिँचाइ आयोजना
  • बबई सिँचाइ आयोजना
  • भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
  • सिक्टा सिँचाइ आयोजना
  • सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

रहेका छन्।

विभागले यी आयोजनाको प्रगति विवरण संकलन गर्ने संयन्त्रका रूपमा मात्र नभई समस्या पहिचान, तत्काल आवश्यक कार्य, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा अनुगमन संयन्त्र सञ्चालन गर्ने जनाएको छ।

लामो समयदेखि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता सिर्जना गर्ने उद्देश्यले संयन्त्रलाई प्रभावकारी बनाइने विभागको भनाइ छ।

आयोजनाअन्तर्गतका मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको अनुगमन प्रणालीमा समेटिनेछ।

प्राप्त विवरणका आधारमा आयोजनाको प्रगति नियमित रूपमा समीक्षा गर्ने तथा समस्या देखिए तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी विभागले गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu