ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : ४५   बजे

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालोबजारी गर्ने पेट्रोलपम्प तथा ग्यास डिलरको इजाजत खारेज गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकले कालोबजारी नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि यस्तो निर्देशन दिएको हो। समितिले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ।

समिति सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न निर्देशन दिए।

सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।

उनले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताए।

समितिले दैनिक उपभोग्य अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

उपभोक्ताले सहज रूपमा आवश्यक वस्तु प्राप्त गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने समितिको जोड छ।

पाम तेलमा मिसावटको अनुगमन गर्न निर्देशन

समितिले होटल तथा रेस्टुरेन्टमा प्रयोग हुने पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसको प्रभावकारी अनुगमन गर्नसमेत निर्देशन दिएको छ।

सभापति अन्सारीले मिसावट पुष्टि भए संलग्न व्यवसायी तथा व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिए।

समितिले कालोबजारी, कृत्रिम अभाव र मिसावट नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu