ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बाहिरिएपछि बागमतीमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने बानियाँको दाबी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ६ : ४५   बजे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रदेश सरकार अल्पमतमा परे पनि तत्कालै नयाँ सरकार गठन हुने अवस्था नरहेको बताएका छन्।

बुधबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेशको राजनीतिक अवस्थाबारे जानकारी दिँदै बानियाँले एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर पनि सरकार गठन गर्न सक्ने अवस्था नरहेको बताए।

‘मेरो नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। अहिले हाम्रो नेपाली पार्टी र कांग्रेस सम्मिलित अल्पमतको सरकार सञ्चालन भइरहेको छ,’ उनले बैठकमा भने।

उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले पनि सरकार गठनमा सहभागी नहुने स्पष्ट गरिसकेका छन्। प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा २ अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकै नेतृत्वमा पुनः सरकार बन्ने सम्भावना रहेको उनको दाबी छ।

‘प्रदेश सभामा कसैको पनि बहुमत पुग्ने अवस्था छैन। फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टी सभापतिसँग सल्लाह गर्नुपर्ने भएको छ,’ बानियाँले भने।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बन्ने र ढल्ने क्रमभन्दा पार्टीको बृहत्तर एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले कांग्रेसको नेतृत्वले विभिन्न ऐतिहासिक परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै वर्तमान सभापति थापाको काँधमा पनि पार्टीलाई एकताबद्ध बनाउने विशेष जिम्मेवारी रहेको बताए।

उनले बीपी कोइरालाले राष्ट्रियता, कृष्णप्रसाद भट्टराईले बहुदलीय प्रजातन्त्र पुनर्स्थापना, गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया तथा गणतन्त्र र सुशील कोइरालाले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे।

त्यस्तै, शेरबहादुर देउवाले संविधान कार्यान्वयन र निर्वाचनको नेतृत्व गरेको उल्लेख गर्दै बानियाँले अहिले पार्टीलाई एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी वर्तमान नेतृत्वमाथि रहेको बताए।

 

विद्यार्थी राजनीतिदेखि संघर्ष गर्दै आएका सभापति थापाले कांग्रेसभित्र देखिएको संकट समाधान गर्न सक्नुपर्ने बानियाँको भनाइ थियो।

उनले नेतृत्वमा पुगेपछि आलोचना र गाली स्वाभाविक हुने भन्दै त्यसलाई लिएर विचलित हुन नहुने बताए। विगतमा शेरबहादुर देउवाले पनि पार्टी नेतृत्वमा रहँदा चर्को आलोचना खेपेको तर त्यसका बाबजुद पुनः बलियो जनमतसहित निर्वाचित भएको उदाहरण उनले दिए।

‘कसले गाली दियो भन्नेतिर लाग्नु हुँदैन। विशेष महाधिवेशनबाट आएको सभापतिको काँधमा पार्टी मिलाउने विशेष जिम्मेवारी पनि छ,’ बानियाँले भने।

पार्टीको आन्तरिक एकता मजबुत बनाउन आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले इतर पक्षका पूर्वपदाधिकारीलाई समेत पार्टी कार्यालयमा आएर सक्रिय भूमिका निर्वाह गर्न वातावरण बनाउनुपर्ने बताए।

‘इतर पक्षका पूर्वपदाधिकारीलाई सानेपामा बस्ने कोठाको व्यवस्था गरिदिनुस्। उहाँहरूलाई पार्टी कार्यालयमा आएर संघर्ष गरौँ भनेर मैले भनेको छु,’ उनले बैठकमा जानकारी दिए।

 

बानियाँले संस्थापन र इतर दुवै पक्षका अतिवादी नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। पार्टीभित्र विवाद बढाउनेभन्दा एकता कायम गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो।

‘अतिवादी कुरा गर्ने दुवैतिर छन्, जुन ठीक छैन। त्यसमा पनि पार्टी सत्तामा रहेकाहरूले प्रतिवाद गर्नेभन्दा कामबाट जवाफ दिनुपर्छ,’ उनले भने।

उनले पार्टीभित्रको असहमति र विवादलाई व्यवस्थापन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए।

सांसदलाई एउटै भाषण पठाएकोमा प्रश्न

बैठकमा मुख्यमन्त्री बानियाँले प्रतिनिधिसभामा कांग्रेस सांसदहरूलाई एउटै भाषण तयार गरेर पठाउने अभ्यासप्रति समेत प्रश्न उठाएका थिए।

उनका अनुसार सांसदहरूलाई विषयअनुसार आफ्नै धारणा राख्ने अवसर दिनुपर्ने भए पनि एउटै भाषण तयार गरेर पठाउने प्रवृत्ति प्रभावकारी नहुने भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमिततामा तत्काल छानबिन समिति बनाउन सांसद सुनारको माग

असममा बाढी: ९७ वर्षीया वृद्धालाई केराको डुङ्गाले बचायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

प्रहरी खरिद अनियमिततामा तत्काल छानबिन समिति बनाउन सांसद सुनारको माग

असममा बाढी: ९७ वर्षीया वृद्धालाई केराको डुङ्गाले बचायो

पाटनमा मिप्वाः लाखे निकालियो

ग्यासको अभावमा राष्ट्रियसभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

जग्गा प्राप्ति ऐन प्रभावकारी नभएको सर्वोच्चको ठहर, संशोधन गर्न सरकारलाई निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu