ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी खरिद अनियमिततामा तत्काल छानबिन समिति बनाउन सांसद सुनारको माग


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथिसमेत प्रश्न उठिसकेको अवस्थामा उहाँलाई पदमै राखेर छानबिन गर्नु उचित नहुने बताउनुभयो ।

उहाँले आरोपित व्यक्तिलाई जिम्मेवारीबाट अलग गरेर निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो । “तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गरिब तथा निम्न वर्गबाट भर्ती भएका प्रहरी र म्यादी प्रहरीमाथि पर्ने उहाँको भनाइ थियो ।

निर्वाचनका क्रममा ठूलो सङ्ख्यामा म्यादी प्रहरी भर्ती हुने भएकाले उनीहरूले दुःख गरेर कमाएको पारिश्रमिकमा समेत बदमासी गर्न नहुने सांसद सुनारले बताउनुभयो ।

उहाँले ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै प्रहरी सङ्गठन र ठेकेदारबीचको सम्भावित सम्बन्ध तथा मिलेमतोबारे पनि छानबिन गर्नुपर्ने बताउनुभयो । जिल्लास्तरमा प्रहरीका लागि सामान खरिद गर्दा प्रहरीका बहालवाला तथा पूर्वकर्मचारीसँग ठेकेदारको सम्बन्ध भए–नभएकोसमेत अध्ययन गर्नुपर्ने उहाँको माग छ ।

प्रहरी खरिदसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा परेको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँले बताउनुभयो । तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट अलग गरी छानबिन गर्नुपर्ने मागसमेत उहाँले राख्नुभयो ।

“आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छन् । बर्दी लाएर बसेर ‘ल, मलाई छानबिन गर’ भन्न पाइँदैन,” उहाँले भन्नुभयो ।

सम्बन्धित ठेकेदार र प्रहरी अधिकारीबीच भएको हुन सक्ने सम्पर्क तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने सांसद सुनारको माग छ । आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइल तथा अन्य प्रमाण नियन्त्रणमा लिएर फौजदारी कसुरको कोणबाट समेत अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu