काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष ठाकुरले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष उनले शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण गरेलगत्तै अध्यक्ष ठाकुरले बिहीबार नै आयुर्वेद चिकित्सा परिषद्को नेतृत्व औपचारिक रूपमा सम्हालेका छन्।
ठाकुरको नियुक्तिसँगै परिषद्को प्रशासनिक तथा संस्थागत कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्