ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी विमानस्थल स्तरोन्नति गर्न पर्यटन व्यवसायीको माग


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ११ : ४५   बजे

कैलाली । धनगढी विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहित स्तरोन्नति गरी सुदूरपश्चिमको हवाई सम्पर्क विस्तार गर्न पर्यटन व्यवसायीहरूले संघीय सरकारसँग माग गरेका छन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमले विमानस्थलको पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई प्रदेशको पर्यटन तथा आर्थिक विकाससँग प्रत्यक्ष जोडेर हेर्नुपर्ने बताएको छ।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले धनगढी विमानस्थलको स्तरोन्नति हुन नसक्दा सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी तथा समग्र आर्थिक गतिविधिमा असर परेको बताए। उनले संघीय सरकारका मन्त्री तथा सम्बन्धित उच्च अधिकारीको ध्यानाकर्षण गराउँदै विमानस्थलको दीर्घकालीन विकासका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपी–नाम्पा, रामारोशन, बडीमालिका र घोडाघोडीलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्य रहे पनि ती क्षेत्रमा पुग्न सहज र भरपर्दो हवाई सम्पर्कको अभाव रहेको व्यवसायीहरूको भनाइ छ।

पर्यटकीय सम्भावना उच्च भए पनि कमजोर हवाई पूर्वाधार र सीमित हवाई सेवाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई सुदूरपश्चिमसम्म आकर्षित गर्न कठिन भइरहेको उनीहरूको तर्क छ।

व्यवसायीहरूले धनगढी विमानस्थललाई सुदूरपश्चिमको क्षेत्रीय हवाई हबका रूपमा विकास गर्नुपर्ने माग गरेका छन्। विमानस्थलको धावनमार्ग, टर्मिनल, सुरक्षा प्रणाली तथा अन्य आवश्यक पूर्वाधारलाई आधुनिक बनाउँदै भविष्यको यात्रु तथा उडान चापलाई समेत धान्न सक्ने गरी विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ।

त्यसैगरी, आवश्यक पूर्वाधार तयार गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सक्ने वातावरण बनाउन सके सुदूरपश्चिमको पर्यटन उद्योगले नयाँ गति लिने व्यवसायीहरूको विश्वास छ।

विमानस्थल स्तरोन्नति भएपछि पर्यटकको आवागमन बढ्नुका साथै होटल, यातायात, ट्राभल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा लगानी बढ्ने उनीहरूको अपेक्षा छ। यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै प्रदेशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको दाबी छ।

सुदूरपश्चिमलाई राष्ट्रिय पर्यटनको मुख्य गन्तव्यका रूपमा विकास गर्न सडक तथा हवाई पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूले बताएका छन्। विशेषगरी धनगढीलाई आधार बनाएर प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यलाई हवाई तथा सडक सञ्जालसँग जोड्न सके पर्यटनको आर्थिक सम्भावना विस्तार गर्न सकिने उनीहरूको भनाइ छ।

व्यवसायीहरूले विमानस्थलको स्तरोन्नतिलाई केवल हवाई सेवा विस्तारको विषयका रूपमा नभई सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी र आर्थिक रूपान्तरणसँग जोडिएको दीर्घकालीन पूर्वाधार परियोजनाका रूपमा अघि बढाउन संघीय सरकारसँग आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

सम्बन्धित

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

नाट्टामा राजनीतिक गतिविधि नगर्न सभामुख डीपी अर्यालको सुझाव

व्यावसायिक संस्थामा राजनीति नगरौँ : सभामुख अर्याल

सडक सञ्जाल विस्तारसँगै ओझेलमा पर्दै लोमन्थाङको ऐतिहासिक चोर्टेन

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu