ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : ४५   बजे

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै सभामुख अर्यालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण माध्यम पर्यटन क्षेत्रको विकासका लागि सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले पर्यटन क्षेत्रमा रहेका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।

सभामुख अर्यालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डले देशको आर्थिक उन्नयनसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले पर्यटनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र तथा व्यावसायिक सङ्गठनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

सम्बन्धित

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

नाट्टामा राजनीतिक गतिविधि नगर्न सभामुख डीपी अर्यालको सुझाव

व्यावसायिक संस्थामा राजनीति नगरौँ : सभामुख अर्याल

सडक सञ्जाल विस्तारसँगै ओझेलमा पर्दै लोमन्थाङको ऐतिहासिक चोर्टेन

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

धनगढी विमानस्थल स्तरोन्नति गर्न पर्यटन व्यवसायीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu