ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय जनप्रतिनिधिले अपेक्षा अनुसार काम नगरेको स्थानियको आरोप


admin
२ बैशाख २०७५, आइतबार   ४ : ४५   बजे

गुल्मी, २ बैशाख । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले उनीहरुसँगै धेरै अपेक्षा गरेका थिए । आफूले चुनेर पठाएका प्रतिनिधिहरुले अनुभूति हुने खालका परिवर्तन गर्छन् भन्ने आशा नागरिकमा छ । तर, आधारभूत आवश्यकता नै पूरा गर्न नसकेपछि गुल्मीको रेसुंगा नगरपालिकावासीले भने स्थानीय सरकारसँग गुनासोको थुप्रो लगाएका छन् ।

राजनीतिक दलहरुले सिंहदरबारको अधिकार गाउँमा पुगेको बताउँदै आएका छन् । यसको अर्थ स्थानीय तहमा नै सम्पूर्ण अधिकार दिइएको छ । तर, गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यशैलीले सिंहदरबारको अधिकार गाउँसम्म पुग्न नसकेको देखिन्छ ।

जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको लामो समय भएपनि कुनै परिवर्तनको प्रत्याभूति नभएको सेवाग्राहीहरुको गुनासो रहेको छ । गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा प्रसाद भुसाल जिल्लाकै पुरानो नगरपालिकामा भए पनि रेसुंगामा अस्तब्यस्त ट्राफिक, भत्किएका सडक, लोडसेडिङ, अस्वस्थ खानेपानी रहेको बताउँछन् ।

नगर प्रमुख डिल्लीराज भुसाल पनि नगरपालिकामा विद्युत् लगायतका समस्या रहेको स्वीकार्छन् । नगरप्रमुखका अनुसार रिडी तम्घास सडक र तम्घासभित्रको सडक जीर्ण छन् । यस्ता समस्या आफूले नजिकबाट नियालिरहेका र त्यसलाई प्राथमिकताका आधारमा सकेसम्म छिट्टै समाधान गर्ने नगरप्रमुख भुसालको भनाइ छ ।

नगरपालिकाभित्र बसोबास गर्ने नागरिकलाई सुविधा दिने दायित्व नगरपालिकाको हो । तर, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारबारे नगरपालिका गम्भीर नभएको नागरिकहरुको गुनासो छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल नागरिकको यस्ता गुनासो चाँडै सम्बोधन हुने बताउँछन् ।

लामो समयपछि जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेकाले नागरिकले परिवर्तन चाँडै चाहेको प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल बताउँछन् । त्यसैले ठोस योजना बनाएर कार्यान्वय गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी अर्यालको जोड छ ।

आफूले चुनेर पठाएका प्रतिनिधि महसुस हुने परिवर्तन गरोस् भन्ने नागरिकको चाहना छ । उनीहरु आधारभूत सुविधा स्थानीय सरकारले पूरा गरोस् भन्ने चाहन्छन् । त्यसैले नागरिकको चाहनालाई स्थानीय सरकारले ठोस योजना बनाएर पूरा गर्न आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu