ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्य र तर्कका आधारमा राजनीतिक धारणा बनाउन युवालाई विद्यादेवी भण्डारीको आग्रह


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई अध्ययन, संवाद र बहसका माध्यमबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी छन्। मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई विवेकपूर्ण ढङ्गले विश्लेषण गरेर मात्रै राजनीतिक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले आफूभन्दा फरक विचार राख्ने व्यक्तिको विचारलाई सम्मान गर्न पनि युवाहरूलाई आग्रह गरिन्। उनका अनुसार लोकतन्त्रको वास्तविक शक्ति आफूले राखेको विचारलाई मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सुन्ने, त्यसको सम्मान गर्ने र तथ्यका आधारमा आफ्नो धारणा परिमार्जन गर्न सक्ने राजनीतिक संस्कृतिमा निहित हुन्छ।

उनले अहिलेको पुस्ता सूचना तथा प्रविधिको पहुँचका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न भए पनि धेरै सूचना हुनु र सही ज्ञान हासिल गर्नु फरक विषय भएको बताइन्।

“आजको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न छ। तर सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन,” उनले भनिन्, “त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण छ।”

भण्डारीले युवाको राजनीतिक सहभागिता निर्वाचनका बेला मत माग्ने वा मतदान गर्ने कार्यमा मात्र सीमित हुन नहुने बताइन्। समाजको वास्तविक अवस्था बुझ्ने, जनताको आवाज सुन्ने, सार्वजनिक नीतिमाथि बहस गर्ने र नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने गरी युवाको सहभागिता विस्तार हुनुपर्ने उनको भनाइ थियो।

उनले बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुसार मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले अध्ययन र व्याख्या गर्नुपर्ने बताइन्। कुनै विचारलाई केवल विगतको राजनीतिक दस्तावेजका रूपमा हेर्नुभन्दा त्यसका मूल मान्यता र आजको बदलिँदो समाजबीचको सम्बन्ध पहिल्याउनुपर्ने उनको धारणा थियो।

लोकतन्त्रलाई थप प्रभावकारी बनाउने, राज्यका संस्थालाई जवाफदेही बनाउने तथा राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता बढाउने विषयमा गम्भीर बहस आवश्यक रहेको उनले बताइन्। त्यसैगरी शिक्षा, रोजगारी, उद्यमशीलता र युवाका अवसर विस्तारलाई राजनीतिक प्राथमिकताको विषय बनाउनुपर्नेमा उनले जोड दिइन्।

देशमा परिवर्तनको अपेक्षा उच्च रहेको र युवापुस्तासँग नयाँ सोच, ऊर्जा तथा प्रविधिको ज्ञान रहेको उल्लेख गर्दै भण्डारीले त्यसलाई सकारात्मक सामाजिक तथा राजनीतिक परिवर्तनमा रूपान्तरण गर्न आग्रह गरिन्।

उनले युवाहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्नुपर्ने बताइन्। नयाँ पुस्ताले नै मुलुकको राजनीतिक संस्कार, लोकतान्त्रिक अभ्यास र भविष्यको दिशा निर्धारण गर्ने भएकाले युवाको भूमिका निर्णायक हुने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यासको लाइन अझै हटेन, ठिमीमा बिहानैदेखि सिलिण्डर बोकेर उपभोक्ताको भीड

कांग्रेस इतर समूहको भेलामा ‘हिन्दु राष्ट्र’ प्रस्तावलाई लिएर विवाद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ग्यासको लाइन अझै हटेन, ठिमीमा बिहानैदेखि सिलिण्डर बोकेर उपभोक्ताको भीड

कांग्रेस इतर समूहको भेलामा ‘हिन्दु राष्ट्र’ प्रस्तावलाई लिएर विवाद

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, तर वितरणयोग्य नाफा ऋणात्मक

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

देउवाको निर्देशनमा शशांक कोइरालाले कांग्रेस महाधिवेशनको तयारी सम्हाल्ने

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनबाट पाँच प्रस्ताव पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu