ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखलाई ‘सांसद पदका यमराज’ भनेपछि प्रदेशसभामा नियमापत्ति


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : १५   बजे

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिइरहेका बेला प्रदेशसभा बैठकमा सभामुखको भूमिकालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएको छ। नेपाली कांग्रेसका सांसदले सभामुख भीम भण्डारीको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिप्रति नेकपा सांसदले नियमापत्ति जनाएका हुन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा जारी प्रदेशसभा बैठकमा कांग्रेसका पूर्वप्रमुख सचेतक तथा पूर्वमन्त्री विक्रमसिंह धामीले सभामुख भण्डारीले कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

धामीले लामो समयदेखि अमेरिकामा रहेका देउवालाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णयप्रति प्रश्न उठाउँदै सभामुखको भूमिकामाथि राजनीतिक पूर्वाग्रह देखिएको आरोप लगाए।

सभामुखको निर्णयप्रति आक्रोश व्यक्त गर्दै धामीले प्रश्न गरे, ‘सभामुख भनौँ कि सांसद पदका यमराज भनौँ ?’

उनले सभामुखले आफ्नो अधिकार प्रयोग गर्दा राजनीतिक निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउँदै देउवालाई पदमुक्त गर्ने निर्णयको आलोचना गरेका थिए।

नेकपा सांसदको नियमापत्ति

धामीको अभिव्यक्तिपछि नेकपा सांसद ओमविक्रम भाट ‘सरल’ले तत्कालै नियमापत्ति जनाए। उनले सभामुखलाई ‘यमराज’सँग तुलना गर्ने अभिव्यक्ति संसदीय मर्यादाविपरीत भएको भन्दै बैठकको अभिलेखबाट उक्त शब्द हटाउन माग गरे।

भाटले सभामुखको निर्णय वा भूमिकामाथि राजनीतिक तथा नीतिगत प्रश्न उठाउन पाइने भए पनि व्यक्तिगत रूपमा अमर्यादित शब्द प्रयोग गर्न नहुने बताए।

उनले प्रदेशसभा बैठकको मर्यादा कायम राख्न सदस्यहरूले आफ्नो असहमति र आलोचना संसदीय भाषामार्फत व्यक्त गर्नुपर्नेमा जोड दिए।

विश्वासको मत माग्दै मुख्यमन्त्री

यसैबीच मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत मागेका छन्। उनले प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूलाई समेत आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरे।

भट्टले प्रदेशको विकास र समृद्धिका लागि राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भन्दै सबै प्रदेशसभा सदस्यलाई सरकारलाई सहयोग गर्न आह्वान गरेका छन्।

तर विश्वासको मतको प्रक्रिया चलिरहँदा सभामुखको भूमिकालाई लिएर कांग्रेस र नेकपाबीच विवाद चर्किएपछि प्रदेशसभाको बैठक थप राजनीतिक तनावपूर्ण बनेको छ।

प्रकाश देउवा प्रकरणले बढाएको विवाद

कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई प्रदेशसभा सदस्य पदबाट हटाउने सभामुख भीम भण्डारीको निर्णयपछि सुदूरपश्चिम प्रदेशसभामा राजनीतिक विवाद बढ्दै गएको छ।

देउवा लामो समयदेखि अमेरिकामा रहेको विषयलाई आधार बनाएर पदमुक्त गरिएको सभामुखको निर्णयप्रति कांग्रेसले आपत्ति जनाउँदै आएको छ। कांग्रेसले निर्णयलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ भने सत्तापक्षले सभामुखको निर्णयको बचाउ गर्दै आएको छ।

यही विवाद विश्वासको मतसम्बन्धी प्रदेशसभा बैठकमा समेत प्रवेश गरेपछि सभामुखको अधिकार, संसदीय मर्यादा र प्रदेशसभा सदस्यको पदमुक्तिसम्बन्धी विषय थप विवादित बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

गोदावरीमा पुरानो पहिरोको त्रास, वर्षा लागेपछि स्थानीयको रात अनिदो

गगन थापाको चुनौती : ‘सबै असन्तुष्ट नेता एक भएर महाधिवेशनमा आउनुस्, मलाई हराइदिनुस्’

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

रास्वपाको प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदिश खरेल नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu