ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धव थापा राप्रपाबाट निलम्बित, प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ३५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापालाई निलम्बन गरेको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको हो। साथै, उनलाई बागमती प्रदेश सभा सदस्य पदबाट समेत पदमुक्त गर्न सिफारिस गरिएको राप्रपाले जनाएको छ।

पार्टीको निर्णय र पटक–पटक दिइएको निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन दिएको भन्दै थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ। केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा राप्रपा विधानको धारा ३० (ड) र ३२ (ङ) बमोजिम प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न, पार्टी सदस्यता निलम्बन गर्न तथा निर्णयको जानकारी सम्बन्धित निकायलाई पठाउने निर्णय भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राप्रपाले पार्टीको निर्णय र निर्देशनविपरीत सरकार निर्माणसम्बन्धी गतिविधिमा संलग्न नहुन बागमती प्रदेश सभा सदस्यलाई समेत निर्देशन दिएको छ।

पार्टीको निर्णय वा निर्देशनबिना सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुने गतिविधिमा कुनै प्रदेश सभा सदस्य संलग्न भएमा सोहीअनुसार कारबाही गर्ने निर्णय भएको राप्रपाले जनाएको छ।

बैठकको उक्त निर्णयप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने फरक मत राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

देउवाले महाधिवेशन रोक्न दिएको रिट ‘करेक्सन’का लागि सर्वोच्चबाट फिर्ता लगे

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu