ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्ल्डलिंकले खुकुरी संरक्षणमा सहयोग गर्‍यो


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ३५   बजे

काठमाडौँ । नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ।

सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौँदेखि खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।

परम्परागत सीप र व्यवसायलाई निरन्तरता दिँदै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर कायम राख्ने उद्देश्यले निर्माण गरिएको टहराले विक दम्पतीलाई खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित र व्यवस्थित कार्यस्थल उपलब्ध गराएको छ।

नेपाली खुकुरी केवल हतियार नभई नेपालीको मौलिक पहिचान, साहस, गौरव र शानसँग जोडिएको ऐतिहासिक सम्पदा हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परागत सीप सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार र बजारको अभावका कारण संकटमा पर्दै गएको अवस्थामा वर्ल्डलिंकको सहयोगले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको राजु विकले बताए।

खुकुरी निर्माणमा प्रयोग हुँदै आएको परम्परागत ज्ञान, सीप र प्रविधिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकता जोगाउनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्। यस्ता पहलले सीप संरक्षण, परम्पराको निरन्तरता र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाउने प्रयासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

वर्ल्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वर्ल्डलिंकका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

नेपालीको पहिचान र गौरवसँग जोडिएको खुकुरी बनाउने पुस्तौँ पुरानो सीपलाई संरक्षण गर्दै स्थानीय व्यवसायलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासमा वर्ल्डलिंकको यो पहल अर्थपूर्ण कदम बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu