चौमाला (कैलाली), भदौ ४ गते । कैलालीमा दुई लाख रुपैयाँ घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार बमलाई धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरी पसलबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गरिदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बमलाई नियन्त्रणमा लिएर घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्