ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीतिगत निर्णयको स्पष्ट परिभाषा गरी अख्तियारलाई थप शक्तिशाली बनाउनुपर्छ : अर्जुननरसिंह केसी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ५५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीतिगत निर्णयको स्पष्ट कानुनी परिभाषा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप निष्पक्ष, स्वतन्त्र र शक्तिशाली बनाउनुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले राजनीतिक हस्तक्षेप र स्पष्ट कानुनी व्यवस्थाको अभावमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए।

अख्तियारका पदाधिकारीको नियुक्तिदेखि कर्मचारी परिचालनसम्म सत्तासीनहरूको नियन्त्रणमुखी मानसिकता हाबी हुँदा आयोगले अपेक्षित स्वायत्तता हासिल गर्न नसकेको उनको भनाइ थियो। उनले नीतिगत निर्णयको आवरणमा ठूला आर्थिक अनियमिततालाई उन्मुक्ति दिने प्रवृत्ति बढेको आरोप लगाए।

वाइडबडी विमान खरिद, पशुपति जलहरी, टेरामक्स र पोखरा विमानस्थललगायतका विषयमा संसदीय समितिले पटक–पटक निर्देशन दिए पनि प्रभावकारी कारबाही हुन नसकेको भन्दै केसीले असन्तुष्टि व्यक्त गरे।

संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’को संज्ञा दिँदै उनले समितिका निर्णय सरकारले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। संसदीय समितिको गरिमा र प्रभावकारिता कायम गर्न आवश्यक रहेको उनको भनाइ थियो।

‘अख्तियारका पदाधिकारीहरूको नियुक्ति र कर्मचारी परिचालनमा पारदर्शिता नहुँदा यो संस्थाले स्वतन्त्र रूपमा काम गर्न सकिरहेको छैन। लोकतन्त्र मूल्य, पद्धति र संस्थाबाट चल्ने हो, जसमा सुशासन प्रवर्द्धनका लागि अख्तियारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ,’ केसीले भने।

उनले ठेक्का प्रक्रिया वा आर्थिक कारोबारलाई मन्त्रिपरिषद्बाट ‘नीतिगत निर्णय’ गराएर उन्मुक्ति दिने प्रवृत्ति बढेको बताए। ‘वर्तमान सरकारले अध्यादेशमार्फत भए पनि नीतिगत निर्णयको कानुनी परिभाषा स्पष्ट पार्नुपर्छ, अन्यथा भ्रष्टाचार नियन्त्रण सम्भव छैन,’ उनले भने।

शक्ति र पहुँचका आधारमा संवैधानिक निकायलाई कमजोर बनाउने प्रयास लोकतन्त्रका लागि घातक हुने उनको भनाइ थियो। अनुसन्धान अघि बढाइरहेका अख्तियारका पदाधिकारी तथा कर्मचारीलाई दबाबमा राख्ने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाए।

अनुसन्धानरत कर्मचारी सरुवा रोक्न सुझाव

अख्तियारको अनुसन्धान प्रक्रियामा अवरोध सिर्जना गर्ने उद्देश्यले अनुसन्धानरत कर्मचारीको सरुवा गर्ने प्रवृत्ति रोक्न छुट्टै र सुदृढ कर्मचारी व्यवस्थापन प्रणाली आवश्यक रहेको केसीले बताए।

उनले विदेशमा लुकाइएको अवैध धनको अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरी विशेष कार्यदल गठन गर्नुपर्ने प्रस्तावसमेत गरे। बंगलादेशको उदाहरण दिँदै उनले सिंगापुर, कम्बोडिया, स्विट्जरल्यान्डलगायत विभिन्न देशमा रहेका नेपालीहरूको संदिग्ध लगानी तथा निक्षेपबारे छानबिन गर्न अख्तियारले आँट गर्नुपर्ने बताए।

संसदीय समितिमा पार्टीगत ह्विप लगाउन नहुने उल्लेख गर्दै केसीले सांसदहरूले विवेक प्रयोग गरी सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी नयाँ ऐन निर्माण गर्दा नीतिगत निर्णयको परिभाषा, आयोगको स्वायत्तता, कर्मचारी व्यवस्थापन र अनुसन्धानमा हुने हस्तक्षेपलगायतका विषयलाई गम्भीरतापूर्वक समेट्नुपर्ने उनको माग छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

देउवाले महाधिवेशन रोक्न दिएको रिट ‘करेक्सन’का लागि सर्वोच्चबाट फिर्ता लगे

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu