ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खनन गर्ने योजना


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ५५   बजे

पोखरा । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्ने योजना अघि सारेको छ।

करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट फलाम उत्खनन गर्ने योजनासहित कम्पनीले खानी तथा भूगर्भ विभागमा प्रतिवेदन बुझाएको हो। खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

कम्पनीले योजना स्वीकृत भएपछि फलामको भण्डारबारे थप अध्ययन तथा उत्खननको काम अघि बढाउने जनाएको छ।

१ हजार ५०० मिटर ड्रिलिङ

नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको धौवादी फलाम कम्पनीले खानी क्षेत्रमा परीक्षणका लागि विभिन्न १२ स्थानमा ड्रिलिङ गरेको छ।

कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार जमिनमुनिको फलामको नमुना परीक्षणका लागि हालसम्म १ हजार ५०० मिटर ड्रिलिङ सम्पन्न भएको छ।

आयात प्रतिस्थापन र रोजगारीको अपेक्षा

हाल खानीको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको कम्पनीले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया पनि छिट्टै सुरु गरिने बताइएको छ।

खानी सञ्चालनमा आएपछि यहाँबाट उत्पादित फलामजन्य वस्तुले नेपालको समग्र मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए। खानी सञ्चालनबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको भनाइ छ।

पूर्वाधार निर्माण तीव्र

कम्पनीका अनुसार खानीसम्म पहुँचका लागि आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेको छ। खानी सञ्चालनका लागि आवश्यक अन्य पूर्वाधार विकासलाई पनि योजनाअनुसार अघि बढाइने कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu