ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन–नेपाल ‘सिजाङ पानोरमा’ मञ्च सम्पन्न, ६ सयभन्दा बढी सहभागी


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ५५   बजे

काठमाडौं । चीन र नेपालका विभिन्न क्षेत्रका करिब ६ सय सहभागीसहित ‘सिजाङ पानोरमा : नयाँ युग, नयाँ विकास’ विषयक कथा साझेदारी मञ्च सम्पन्न भएको छ।

मंगलबार आयोजित कार्यक्रममा सिजाङको विकास, संस्कृति, सामाजिक जीवन, वातावरण तथा सीमावर्ती क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा अनुभव र कथा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिको स्थायी समितिका सदस्य तथा जातीय र धार्मिक मामिला समितिका उपनिर्देशक एवं चीन मानवअधिकार अध्ययन समाजका कार्यकारी उपाध्यक्ष च्याङ च्याङकुओ, नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर तथा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलगायत चीन र नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

सिजाङको विकास र मानवअधिकार

कार्यक्रमलाई सम्बोधन गर्दै च्याङ च्याङकुओले सिजाङको शान्तिपूर्ण मुक्ति भएको ७५ वर्ष पूरा भएको बताए। पछिल्ला ७५ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले जनताको जीवनयापन तथा विकासको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा प्राथमिकता दिँदै आएको उनको भनाइ थियो।

चीनले व्यक्तिको स्वतन्त्र तथा समग्र विकासलाई आधारभूत मूल्यका रूपमा अघि बढाउँदै आफ्नो राष्ट्रिय परिस्थितिअनुकूल मानवअधिकार विकासको मार्ग निर्माण गरेको उनले बताए। सिजाङमा आएको परिवर्तन नयाँ युगमा चीनको मानवअधिकार विकासको महत्वपूर्ण उदाहरण भएको उनको दाबी थियो।

नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको प्रवर्द्धन तथा संरक्षणका लागि चीनले गरेका प्रयासको प्रशंसा गरे। चिनियाँ मानवअधिकारसम्बन्धी संस्थासँगको सहकार्य र अनुभव आदानप्रदान नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै उनले यस क्षेत्रमा सहकार्य थप विस्तार गर्न आयोग प्रतिबद्ध रहेको बताए।

नेपाल–चीन सहकार्यमा जोड

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ‘गतिशील सिजाङ, खुला सिजाङ, सामञ्जस्यपूर्ण सिजाङ र हरित सिजाङ’को विकास अवधारणाले नेपाल–चीनबीचको हिमालयपार सहकार्यलाई थप गहिरो बनाउन आधार प्रदान गर्ने बताए।

सिजाङले आर्थिक तथा सामाजिक विकाससँगै स्थानीय तहको शासन व्यवस्थामा हासिल गरेको अनुभव नेपालका लागि पनि उपयोगी हुन सक्ने उनको भनाइ थियो।

चीन नेपालसँग मिलेर विकासका सम्भावनालाई व्यवहारिक सहकार्यमा रूपान्तरण गर्दै दुवै देशका जनताको हित र समृद्धिका लागि काम गर्न इच्छुक रहेको राजदूत झाङले बताए।

मञ्चमा स्थायित्व, विकास, पर्यावरण संरक्षण तथा सीमावर्ती क्षेत्रको विकासलाई केन्द्रमा राखेर चारवटा विषयगत सत्र सञ्चालन गरिएको थियो। ‘खुला सिजाङलाई नियाल्दै’, ‘गतिशील सिजाङलाई नियाल्दै’, ‘सामञ्जस्यपूर्ण सिजाङलाई नियाल्दै’ र ‘हरित सिजाङलाई नियाल्दै’ शीर्षकका सत्रमा चीन तथा नेपालका सहभागीले आफ्ना प्रत्यक्ष अनुभव, कथा र तस्बिर प्रस्तुत गरेका थिए।

नेपाली कलाकारले सुनाए भ्रमण अनुभव

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष कुमार आचार्यले जुनमा गरेको सिजाङ भ्रमणको अनुभव सुनाए। ल्हासाका ऐतिहासिक गल्लीदेखि ग्रामीण क्षेत्रका आधुनिक पशुपालन फार्मसम्म पुग्दा परम्परागत सांस्कृतिक पहिचान र प्राकृतिक वातावरणको संरक्षणसँगै सिजाङ आधुनिकीकरणतर्फ अघि बढिरहेको आफूले देखेको उनले बताए।

अभिनेता बुद्धि तामाङले ‘सुन्दर र सद्भावपूर्ण सिजाङको खोजी’ शीर्षकमा सामाजिक सद्भाव, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबारे अनुभव सुनाए।

मिस पाबीले ‘खुला सिजाङको खोजी’ शीर्षकमा स्थानीय जीवनशैली र भ्रमणका क्रममा देखेका अनुभव साझा गरिन्। भ्लगर साङ्केन राई र पत्रकार अनिल यादवले ‘हरित सिजाङको खोजी’ शीर्षकमा वातावरण संरक्षण, हरित विकास तथा प्राकृतिक सम्पदासँग सम्बन्धित अनुभव प्रस्तुत गरे।

फोटो प्रदर्शनीसमेत

चीन मानवअधिकार अध्ययन समाज, नेपालको त्रिभुवन विश्वविद्यालय र नेपाल राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मञ्च सञ्चालन गरिएको थियो।

कार्यक्रमसँगै ‘सिजाङ पानोरमा’ फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमा सिजाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जनजीवन तथा विकासका विभिन्न पक्ष झल्काउने तस्बिर प्रस्तुत गरिएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन पारिवारिक भ्रमणमा पोखरा पुगे, शनिबार मुस्ताङ जाने

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्री किरण थापामगरले भदौ ७ गते विश्वासको मत लिने

देउवाले महाधिवेशन रोक्न दिएको रिट ‘करेक्सन’का लागि सर्वोच्चबाट फिर्ता लगे

Russia Signals Openness to Ukraine War Negotiations, With Conditions

US Allies Express Concern as Military Assets Shift to Middle East

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu