ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ३५   बजे

भद्रपुर, झापा । वर्षायाम सुरु भएसँगै झापा जिल्लामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणको जोखिम बढ्दै गएको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया एक महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि यस वर्ष जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो। यससँगै जिल्लामा हालसम्म जापानिज इन्सेफ्लाइटिसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ।

हालसम्म संक्रमणबाट मृत्यु हुनेमध्ये चार जना महिला र दुई जना पुरुष रहेका छन्।

परीक्षण र अनुगमन तीव्र

जिल्ला स्वास्थ्य कार्यालयले सम्भावित संक्रमण पहिचान गर्न जेई परीक्षणलाई तीव्रता दिएको जनाएको छ। साथै, संक्रमणको अवस्था तथा जोखिमयुक्त क्षेत्रको निगरानी गर्न स्वास्थ्यकर्मी टोलीलाई जिल्लाका विभिन्न स्थानमा निरन्तर परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए।

वर्षायामसँगै लामखुट्टेको प्रकोप बढ्ने भएकाले स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रण तथा सम्भावित थप जोखिम न्यूनीकरणका लागि अनुगमन र परीक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu