ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेशको विद्युत् तथा सिँचाइ पूर्वाधार निरीक्षणमा जाँदै


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षण गर्न आज कोशी प्रदेशको भ्रमणमा निस्कँदै छन्। मन्त्री श्रेष्ठसहितको टोली दिउँसो १ बजे प्रदेश राजधानी विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा टोलीले कोशी प्रदेशमा देखिएका विद्युत् आपूर्ति समस्या, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्था निरीक्षण गर्नेछ। यस्तै, सिँचाइको पहुँच, नहरको अवस्था तथा सञ्चालनमा देखिएका समस्याबारे पनि स्थलगत अध्ययन गरिने मन्त्रीको सचिवालयले जनाएको छ।

तीनदिने भ्रमण

मन्त्री श्रेष्ठको तीनदिने भ्रमणका क्रममा इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसन र केरौना सबस्टेसनको निरीक्षण गर्ने कार्यक्रम छ।

त्यस्तै, बराहक्षेत्र–चतरा नहरको स्थलगत निरीक्षणका साथै नेपालको पुरानो सिँचाइ प्रणालीमध्ये एक चन्द्र नहरको समेत अवलोकन गरिनेछ।

स्थलगत निरीक्षणबाट विद्युत् तथा सिँचाइ पूर्वाधारको वास्तविक अवस्था पहिचान गरी आवश्यक सुधारका लागि रणनीति बनाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

निरीक्षण टोलीमा उच्च अधिकारी

मन्त्री श्रेष्ठसँग मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, निजी सचिव सुदर्शन श्रेष्ठ तथा सचिवालय सदस्य देवेश बेल्बासेलगायत सहभागी हुनेछन्।

यस्तै, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट र नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठ पनि टोलीमा रहनेछन्।

मन्त्री श्रेष्ठ यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश पुगेर त्यहाँका विद्युत् तथा सिँचाइसम्बन्धी समस्या र पूर्वाधारको स्थलगत अवस्था बुझेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाका केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण, सभापति लामिछानेले प्रशिक्षण दिने

राप्रपा बैठकमा कमल थापा र प्रेम श्रेष्ठबीच हात हालाहालको स्थिति, उद्धव थापामाथि कारबाहीको निर्णय

सम्बन्धित

शंखमुलको होस्टलमा कुटपिट, २२ वर्षीय युवकको मृत्यु

सडक पुगेपछि बदलिँदै बडिगाडको जनजीवन, गाउँमै स्वास्थ्यदेखि रोजगारीसम्म

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त

जाजरकोटमा बाढीको वितण्डा, दुई जना बेपत्ता

स्थानीय तहमा निःशुल्क औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको परिपत्र

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu