जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा आएको बाढीले दुई जनालाई बेपत्ता बनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–६ की ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बाढीमा बेपत्ता भएका हुन्।
बुधबार साँझ डोग्रा खोलामा आएको अचानक बाढीले गोठबाट घर फर्किंदै गरेका उनीहरूलाई बगाएको आफन्तले बताएका छन्। बाढीमा बेपत्ता भएका दुवै जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
बाढीले डोग्रा खोला आसपासका १० वटा पानीघट्टसमेत बगाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। तर, हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्