ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा नेकपाबाट तीन मन्त्रीको नाम टुंगो, मन्त्रालयको जिम्मेवारी पनि बाँडफाँट


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : १५   बजे

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सत्तारुढ नेकपाले आफ्नो तर्फबाट तीन जना मन्त्रीको नाम र मन्त्रालयको जिम्मेवारी टुंगो लगाएको छ।

स्रोतका अनुसार देउखुरीका पूर्वमन्त्री इन्द्रजित चौधरी, रोल्पाका पूर्वमन्त्री दीपेन्द्र पुन सिल र बर्दियाकी कृष्णाकुश्मा थारुलाई मन्त्री बनाउने निर्णय भएको हो। इन्द्रजित चौधरीलाई आर्थिक मामिला, दीपेन्द्र पुनलाई स्वास्थ्य तथा कृष्णाकुश्मा थारुलाई वन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको जनाइएको छ।

नेकपाले मुख्यमन्त्री चेतनारायण आचार्यसँग यसअघि अर्थ, सहरी विकास तथा कृषि वा वन–पर्यटनमध्ये एक मन्त्रालय पाउने मौखिक सहमति भएको दाबी गरेको थियो। तर जसपा नेपालका सन्तोष पाण्डेयले सहरी विकास मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय बाँडफाँटमा ढिलाइ भएको नेकपाका एक नेताले बताए।

यसअघि शुक्रबार नै मन्त्रीहरूको शपथको तयारी गरिएको भए पनि नाम टुंगो लाग्न नसकेपछि कार्यक्रम रोकिएको थियो। मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयमा शपथका लागि पत्र पठाइसकेको भए पनि समय निर्धारण भइसकेको छैन। सम्भवतः सोमबार नयाँ मन्त्रीहरूको शपथ हुने बताइएको छ।

मन्त्रालयमा हेरफेर

नेकपाका तीन मन्त्री थपिएपछि एमाले र जसपाका केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। डिल्लीराज भुसाललाई सहरी विकास मन्त्रालयबाट हटाएर मुख्यमन्त्री कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्री बनाइएको छ। रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमै कायम राखिएको छ।

तुलसीप्रसाद चौधरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपा नेपालका सन्तोष पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातको जिम्मेवारी यथावत् राखिएको छ।

१० सदस्यीय बन्दै मन्त्रिपरिषद्

नयाँ मन्त्री थपिएसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय पुग्नेछ। सरकारले नीति तथा कार्यक्रममा आठ वटा मन्त्रालय कायम गर्ने निर्णय गरे पनि सत्ता साझेदारबीच भागबन्डा मिलाउन मन्त्रालय थपिएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेशसभामा प्रश्न उठाएका थिए।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेकपाका १३, जसपा नेपालका ५ र जनमोर्चाका १ सांसद छन्। मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। अब उनले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–१ बाढीको कहरः ५५७ जना अझै सम्पर्कविहीन

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माथिल्लो त्रिशूली–१ बाढीको कहरः ५५७ जना अझै सम्पर्कविहीन

एनभीएल : सर्बियाका स्टेफन ओकोसानोभिक काठमाडौंमा अनुबन्ध

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu