धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको परम्परागत पेटारो टोली आइतबार बडीमालिकातर्फ प्रस्थान गरेको छ। मुख्यमन्त्री खगराज भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा बडीमालिका भगवतीको पूजाअर्चना गरेपछि सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको हो।
प्रदेश सरकारका मन्त्रीहरूको उपस्थितिमा मुख्यमन्त्री भट्टले विधिपूर्वक पूजाअर्चना गरेका थिए। त्यसपछि बडीमालिका भगवतीलाई चढाइने पूजासामग्रीसहित पेटारो टोली पैदलयात्रामार्फत बडीमालिकातर्फ गएको मुख्यमन्त्री भट्टको निजी सचिवालयले जनाएको छ।
बडीमालिकाको पूजाका लागि सरकारी टोलीले परम्पराअनुसार बडीमालिका पुगेर विधिपूर्वक पूजाअर्चना गर्नेछ।
यसअघि धनगढी उपमहानगरपालिकाको सरकारी टोली पनि बडीमालिका पूजाका लागि त्यसतर्फ प्रस्थान गरिसकेको छ।
पेटारोमा विशेष पूजासामग्री
पेटारोमा बडीमालिका भगवतीलाई चढाइने विशेष धार्मिक पूजासामग्री राखिएको छ। सुदूरपश्चिममा लामो समयदेखि चलिआएको यस परम्परालाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्