काठमाडौं । नबिल बैंकका नायब महाप्रबन्धक (डीजीएम) गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुख तथा ग्लोबल आईएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापन तहमा रहेर जिम्मेवारी सम्हालेका थिए।
करिब चार वर्षअघि सहायक महाप्रबन्धक (एजीएम) का रूपमा नबिल बैंक प्रवेश गरेका अवस्थीले क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन तथा ग्राहक सेवामा काम गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। साथै, हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषयमा अध्ययन पूरा गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्