ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा र भैँसी बेचेर पढेका धिराजन प्रहरी निरीक्षकमा चौथो नम्बरमा सिफारिस


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ५५   बजे

रुपन्देही । बर्दियाको बाँसगढी नगरपालिका–३ महादेवाका २४ वर्षीय धिराजन परियारले अध्ययनका लागि परिवारको जग्गा र भैँसीसमेत बिक्री गर्नुपरेको थियो। आर्थिक अभावकै बीच अध्ययन र लोकसेवा तयारी अघि बढाएका उनी अहिले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा चौथो नम्बरमा सिफारिस भएका छन्।

अतिविपन्न परिवारमा जन्मिएका धिराजनका आमाबुवा सामान्य खेतीपाती गर्दै आएका छन्। बीएससी फरेस्ट्री अध्ययनका लागि परिवारले जग्गा र भैँसी बिक्री गरेर खर्च जुटाएको उनले बताए। लोकसेवा तयारीका लागि आवश्यक पुस्तक किन्नसमेत समस्या भएपछि साथीले उपलब्ध गराएका पुस्तक पढेर उनले तयारी गरेका थिए।

धिराजनका अनुसार नेपाल प्रहरी नै उनको पहिलो रोजाइ थियो। बीएससी अध्ययनपछि केही समय सामुदायिक वन क्षेत्रमा काम गरेर तयारी खर्च जुटाएका उनले काठमाडौँ गएर तयारी गर्न नसकेपछि कोहलपुरमै बसेर अनलाइन कक्षामार्फत अध्ययन गरे।

‘मेरो रोजाइ नै नेपाल प्रहरी थियो। तयारीका लागि खर्च नभएपछि काठमाडौँ नगई कोहलपुरमै बसेर अनलाइन कक्षा लिएर तयारी गरेँ,’ उनले भने।

चार अधिकृत तहको परीक्षा उत्तीर्ण

धिराजनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न पदमा सफलता हासिल गरेका छन्।

आर्थिक वर्ष २०८१/८२ को विज्ञापनअन्तर्गत उनले नेपाली सेनाको क्याडेट तथा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए। पहिलो प्रयासमा नेपाल प्रहरीको प्रहरी निरीक्षकको लिखित परीक्षामा सफल हुन सकेनन्। तर, नेपाली सेनाको क्याडेटतर्फको परीक्षा भने उत्तीर्ण गरे।

आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत पदमा आवेदन दिए। यी सबै परीक्षामा उनी सफल भए।

तीन अधिकृत र एक सहायक अधिकृतको परीक्षा उत्तीर्ण गरे पनि उनको प्राथमिकता भने नेपाल प्रहरी नै रह्यो। प्रहरी निरीक्षकको अन्तर्वार्तामा केन्द्रित भएका उनी अन्ततः चौथो नम्बरमा सिफारिस भएका हुन्।

सामान्य विद्यार्थीबाट अधिकृतसम्म

धिराजनले कक्षा ८ सम्म गाउँकै सरकारी विद्यालयमा अध्ययन गरे। पढाइमा सुरुदेखि नै उत्कृष्ट विद्यार्थी नभए पनि जिल्लास्तरीय परीक्षामा तेस्रो स्थान हासिल गरेका थिए।

२०७४ सालमा सामाजिक विषयमा पूरक परीक्षा दिएर २.५ जीपीए ल्याई एसईई उत्तीर्ण गरेका उनले कक्षा ११ मा अंग्रेजीसहित तीन विषयमा ब्याक पाए। कक्षा १२ मा भने २.३९ जीपीए ल्याएर उत्तीर्ण भए।

कृषि पढ्ने उद्देश्यले प्रवेश परीक्षा तयारीका लागि चितवन पुगे पनि न्यूनतम जीपीए नपुगेपछि कृषि शिक्षा अध्ययन गर्ने बाटो रोकियो। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानमा बीएससी फरेस्ट्री पढे।

पोखरा क्याम्पसमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन समस्या रहिरह्यो। परिवारले जग्गा र भैँसी बिक्री गरेर उनको अध्ययन खर्च धानेको उनले बताए। संघर्षकै बीच उनले बीएससी फरेस्ट्री प्रथम श्रेणीमा उत्तीर्ण गरे।

प्रहरी महानिरीक्षक बन्ने लक्ष्य

प्रहरी संगठनले समाजमा पुर्‍याउने योगदानबाट प्रभावित धिराजनले अध्ययनपछि प्रहरी अधिकृत बन्ने लक्ष्य बनाए। आर्थिक अवस्था कमजोर भएकाले काठमाडौँमा बसेर तयारी गर्न नसकेपछि कोहलपुरमा कोठा लिएर अनलाइन माध्यमबाट लोकसेवा तयारी गरे।

तयारीका क्रममा पुस्तक किन्नसमेत कठिन भएपछि उनका साथी निश्चल कुशवाहा महतोले आवश्यक पुस्तक किनिदिएर सहयोग गरेको उनले बताए।

अब प्रहरी संगठनमा प्रवेश गरेपछि मेहनत, संघर्ष र साथ दिने व्यक्तिलाई नबिर्सिने उनको भनाइ छ। दलित समुदायबाट हालसम्म नेपाल प्रहरीको नेतृत्वमा प्रहरी महानिरीक्षक बन्ने अवसर नआएको उल्लेख गर्दै उनले भविष्यमा प्रहरी महानिरीक्षक बन्ने लक्ष्य रहेको बताए।

दुई दशक विदेशमा रोजगारीको खोजी गर्नुपर्ने परिवारबाट होइन, आफ्नै गाउँको सामान्य किसान परिवारबाट आएका धिराजनको यात्रा अहिले प्रहरी निरीक्षकको जिम्मेवारीसम्म पुगेको छ। उनले आफ्नो सफलताको आधार निरन्तर मेहनत, असफलतापछि पनि प्रयास नछोड्ने अठोट र परिवार तथा साथीको सहयोगलाई मानेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu